बिहिबार, चैत्र १५, २०८०

पत्रकारको अधिकार सुनिश्चित गरिनुपर्ने माग गर्दै एमाले अध्यक्ष ओलीलाई महासङ्घको ज्ञापन

काठमाडौ श्रावण २७,   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष नेपाल पत्रकार महासङ्घले नयाँ संविधानमा पत्रकारका अधिकार सुनिश्चित गरिनुपर्ने माग गर्दै आज ज्ञापन–पत्र बुझाएको छ । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट नेतृत्वको प्रतिनिधि टोलीले एमाले संसदीय दलको कार्यालय सिहदरवारमा अध्यक्ष ओलीलाई भेट गरी नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारको हकमा नमिलेका विषयमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको परिमार्जन पश्चात प्रस्तुत सुझावसहितको ज्ञापन–पत्र बुझाएको हो ।

FNJ-logo-300x246महासङ्घले धारा २२ स्वतन्त्रताको हक, धारा २४ आमसञ्चारको हक उपधारा (१) उपधारा (२) उपधारा ४, धारा ३२ सूचनाको हक, धारा १०७ विशेषाधिकारका उपधारा (३), धारा १८६ उपधारा (३) र संकटकाल धारा २६८ उपधारा (९) मा भएको व्यवस्थालाई सच्याउनुपर्ने समेत माग गरेको छ ।
त्यस्तै महासंघको ज्ञापनपत्र बुझदै अध्यक्ष ओलीले संविधान निर्माण प्रक्रिया धेरै निकट पुगेको अवस्थामा महासङ्घले आफ्ना माग राख्नु जायज भएको अभिव्यक्ति दिदै संविधानमा सबैको अधिकार सुनिश्चित गरी जारी गर्ने तयारी भइरहेको र त्यस माथि पनि जनताको आवाज बोल्ने प्रेस जगत जिम्मेवार, परिपक्को हुनुपर्नेमा जोड दिदै आवेग र उत्तेजनामा आएर आन्दोलन नगर्न आग्रह गर्नुभएको छ । यस अधि महासंघले एमाओवादीका अध्यक्ष प्रचण्डलाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो