शुक्रबार, बैशाख १४, २०८१

आजदेखि संविधानसभामा ११ घण्टे छलफल

काठमाडौं भाद्र ९, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले गत आइतवार संविधानसभामा पेस गर्नुभएको नेपालको संविधान, २०७२ परिमार्जित विधेयकमा आजदेखि छलफल सुरु हुने भएको छ । विधेयकका विषयमा छलफल गर्न बिहान आठ बजे नै संविधानसभाको बैठक बस्ने भनिएपनि यो समाचार तयार पार्दा सम्म पनि बैठक नबसेको  थाहा भएको छ ।  यद्यपी परिमार्जित विधेयकमा बिहानदेखि साँझसम्म हरेक दिन ११ घण्टाका हिसावले मस्यौदा विधेयकमाथि छलफल गरिने बताईएको छ ।

images (11)छलफलका लागि संविधानसभा सचिवालयले सबै तयारी गरिसकेको छ । कैलाली घटनाकै कारण छलफल नरोक्ने र संविधान निर्माणलाई जतिसक्दो चाँडो टुंग्याउने मुख्य दलका शीर्ष नेताहरुको निर्णय भएपछि यसअघिको कार्यसूचीअनुसार नै संविधानसभाको बैठक बस्ने जानकारी सचिवालयले दिएको छ ।  त्यस्तै छलफलका क्रममा हरेक सभासदलाई बढीमा पाँच मिनेट समय दिने र दुईदिनमा विधेयक माथिको छलफल सक्ने तयारी भइरहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो । सभासदले विधेयकको अध्ययन गरिसकेकाले धेरै समय नलाग्ने उहाँको भनाइ छ । संविधान विधेयकमा सभासदहरुले संसोधन दर्ता गराउन ७ दिनको समय उपलब्ध गराइनेछ ।