शुक्रबार, चैत्र १६, २०८०

संविधानसभामा परिमार्जित विधेयकमाथि छलफल सुरु, प्रमुख दलका शिर्षनेताले के भने त ?

काठमाडौ भाद्र ९,  नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधानसभामा आजदेखि बहस र छलफल सुरु भएको छ ।प्रस्ताविन नयाँ संविधान लेखनको क्रममा प्रमुख राजनीतिक दलका शीर्षनेताहरू सम्मिलित विशेष समिति र राजनीतिक संवाद समितिले images (11)तयार पारेको मस्यौदालाई संविधानसभाले स्वीकृति प्रदान गरेपछि संविधान मस्यौदा समितिले परिमार्जित विधेयकका रुपमा संविधानसभामा प्रस्तुत गरेको संविधानको अन्तिम मस्यौदा उपर आजबाट छलफल हुँदै गरेको हो मस्यौदा समितिले तयार पारेको मस्यौदालाई संविधानसभाको पूर्ण बैठकमा छलफलका लागि यही भदौ ६ गते संविधानसभामा टेबल गरी सभासद्को अध्ययनका लागि तीन दिनको समय प्रदान गरिएको थियो । उक्त मस्यौदामा ३०२ धारा, ३७ भाग र ९ अनुसूची रहेका छन् ।

मस्यौदामाथिकोे छलफल बिहान ८ देखि बेलुका ७ बजेसम्म दैनिक ११ घन्टा चल्ने जानकारी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दिदै प्रस्तुत क्रम कम्तीमा ३ दिनसम्म चल्नेछ । छलफलमा बोल्ने सभासद्लाई पाँच मिनेटको समय निर्धारण गरिएको जानकारी बैठक सुरु हुँनुपूर्ननै दिनु भएको थियो ।

3 dallआफ्नो कुरा समेटिएन भनेर नआत्तिन प्रम कोइरालाको सुझाव  यसैवीच प्रधानमन्त्री एवम् सुशील कोइरालाले बैैठकमान आफ्नो अभिव्यक्रि राख्ने क्रममा जनभावनालाई अनुरुप संविधान लेखनलाई निष्कर्षमा पु-याउन सबैलाइ आग्रह गर्दै प्रस्तावित नयाँ संविधानको मस्यौदा राजनीतिक दलहरूबीचको साझा अभिव्यक्तीको धारणा भएको बताउँनु भएको छ । त्यस्तै जारी मस्यौदामा देखिएका कमीकमजोरीलाई परिमार्जन र सुधार गरेर जान सकिन्छ भन्दै प्रधानमन्त्री कोइरालाले यसलाई आवश्यक पर्दा संशोधन गरेर अघि बढ्न सकिने भएकाले आफ्नो सबै कुरा समेटिएन भनेर नआत्तिन सुझाव त्यस क्रममा सुझाव दिनु भएको थियो ।

जनचाहना अनुरुप संविधान लेखनकार्य निष्कर्षमा पुगेकाले संयमित र धैर्यताका साथ योगदान गर्न ओलीले आग्रह: त्यस्तै गरि नेकपा (एमाले)का अध्यक्ष एवम् केपी शर्मा ओलीले पनि जनताको चाहना अनुरुप संविधान लेखनकार्य निष्कर्षमा पुगेको र यसवीचमा संयमित र धैर्यताका साथ योगदान पु-याउन सबैसँग आग्रह गर्दै नेपालको संविधानको परिमार्जित विधेयक २०७२, शक्ति पृथकीकरण, न्यायपालिका, संवैधानिक निकायलाई स्वायत्त र स्वतन्त्र बनाउने पक्षमा मस्यौदा आफैमा महत्वपूर्ण भएको जिकिर सहित उहाँले संविधानसभाको महत्वपूर्ण उपलब्धीका रहेको संविधान लेखन प्रक्रियालाई कतिपयले बिथोल्ने प्रयास गरेकाले उनीहरूबाट सजग रहन आवश्यक रहेको बताउँनु भएको छ ।

मधेसवादी दललाइ संविधान लेखनको प्रक्रियाबाट नबाहिरन प्रचण्डको आग्रह:  त्यस्तै गरि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुक संविधानसभाबाट संविधान जारी गर्ने महत्वपूर्ण, संवेदनशील र अन्तिम घडीमा रहेको बताउँदै संविधान लेखन प्रक्रिया अन्तिम चरणमा रहेको बेला आफ्ना हकअधिकार स्थापित हँुदैन कि भन्ने असन्तुष्टि आएका आवाज उठ्नुलाई स्वभाविक हो भन्दै उहाँले सामन्तवादबाट पुँजीवादतर्फ जाने लोकतान्त्रिक विधिअनुरुप संविधानसभाबाट संविधान निर्माण हुन लागेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले एउटा युगबाट अर्काे युगमा प्रवेश गर्दा ठूलो छाती बनाएर जानुपर्ने आवश्यकतामा मस्यौदा कहीँ न कहीँ सङ्कुचन र खुम्चेको बताउँदै सङ्घीय समाजवादी मोर्चालगायतका मधेसवादी दल र अरू पक्षलाई संविधान लेखनको प्रक्रियाबाट नबाहिरन, वार्तामा आउन, समस्या समाधानमा योगदान पु-याउन आग्रह गर्नु भएको थियो ।