शनिबार, बैशाख १५, २०८१

जनसुझावका आधारमा प्रारम्भिक मस्यौदामा भएका त्रुटि सच्याइने उपप्रम सिहको प्रतिवद्धता

जनभावनाको सम्मान गर्न आफु पूर्णप्रतिवद्ध :  सभासद जोशी

नयाँ संविधानमा हिन्दू राष्ट्र कायम राख्नुपर्ने नत्र धार्मिक स्वतन्त्रता उल्लेख हुनुपर्ने माग

काठमाडौं श्रावण ४, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा आज २४० वटै निर्वाचन क्षेत्रमा जनमत सङ्कलनको कार्य सुरु गरेको छ ।  यसैक्रममा राजधानीको १० वटै निर्वाचन क्षेत्र अन्र्तगत आज निर्वाचन क्षेत्र नं १ अन्र्तगत दशरथ रङ्गशालामा र निर्वाचन क्षेत्र नं ८ का अन्र्तगत ज्ञानोदय उमावि बाफलमा संविधानको पहिलो मस्यौदामाथि सुझाव सङ्कलन गर्न आयोजित कार्यक्रममा बोल्ने अधिकांश जनताले ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी भएको मुलुकलाई धर्मनिरपेक्ष भन्न नमिल्ने राय व्यक्त गर्दै अब बन्ने नयाँ संविधानमा हिन्दू राष्ट्र कायम राख्नुपर्ने नत्र धार्मिक स्वतन्त्रता उल्लेख हुनुपर्ने माग गरेका छन्

त्यस्तै केहि वक्ताहरुले निर्वाचनमा ‘थ्रेसहोल्ड’ नराख्दा राजनीतिमा विकृति आएको भन्दै आरक्षण जातका आधारमा नभई पिछडिएका जनतामा केन्द्रीत हुँनु पर्ने माग गरेका थिए । त्यस्तै क्षेत्र न १ मा जनताको सुझाव ग्रहण गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले जनताले दिएको सुझावका आधारमा संविधानको प्रारम्भिक मस्यौदामा भएका त्रुटि सच्याइने बताउँदै मस्यौदाको अध्ययन गरेर थप सुझाव लिखित रुपमा दिन पनि त्यस अवसरमा आग्रह गर्नु भएको थियो । साथै उहाँले सबैका सुझाव टिपोट र रेकर्ड गरिएको छ, प्रतिवेदनमा समावेश गरी महत्वपूर्ण सुझावमाथि संविधानसभामा छलफल गरिने प्रतिवद्धता सहित उपप्रधानमन्त्री सिंहले धर्म, सङ्घीयता, महिला, बालबालिका, ज्येष्ठ नागरिक, खेल, शिक्षा, आरक्षणजस्ता महत्वपूर्ण विषयमा आएका सुझाव छलफलका लागि  महत्वपूर्ण भएकोबताउँनु भएको थियो ।

20150720_anup_4त्यस्तै क्षेत्र न ८ मा जनताको सुझाव ग्रहण गर्दै संविधान सभा सदस्य नविन्द्रराज जोशीले  जनताले दिएको सुझावका आधारमा संविधानको प्रारम्भिक मस्यौदामा भएका त्रुटिको सम्बोधन गरिने बताउँदै सुझाव संकलनको क्रममा प्राप्त जनताको राएलाई प्रतिवेदनमा समावेश गरी महत्वपूर्ण सुझावमाथि संविधानसभामा छलफल गरि जनभावनाको सम्मान गर्न आफु पूर्णप्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा आफ्नो सुझाव राखिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दू राष्ट्र कायम राख्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।