शनिबार, बैशाख १५, २०८१

संविधानको प्रारम्भिक मस्यौदामा आज जनसुझाव लिईदै , मोफसलमा सुरक्षा व्यवस्था कडा

काठमाडौ श्रावण ४,   नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले  नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा आज २४० वटै निर्वाचन क्षेत्रमा जनमत सङ्कलनको कार्य सुरु भएको छ । यसको लागि आवश्यक सम्पूर्ण तयारी CA-पूरा भएको जनाउँदै संविधानसभा सचिवालयले जनमत सङ्कलनलाई व्यवस्थित र मर्यादित बनाउनका लागि ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सम्पूर्ण सुरक्षाको प्रबन्ध गरिसकेर्को जानकारी दिएको छ । मोफसलमा भने सुझाव संकलनको क्रममा हुँन सक्ने झडपको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको थाहा भएको छ।

स्थानीयले सभासद् तथा संविधानसभा सचिवालयका कर्मचारीलाई प्रत्यक्षरुपमा पनि सुझाव दिएका छन् भने कतिपय स्थानमा आफ्नो मत दिनका लागि मस्यौदासमेत नपाएको गुनासो गरेका छन् । सचिवालयले मस्यौदा नपुगेको स्थानमा गोरखापत्र, मस्यौदाको विशेषता र कुनै न कुनै माध्यमबाट मस्यौदामा चासो राखेर आफ्ना सुझाव दिन आग्रह गरेको छ ।

यसैक्रममा आज राजधानीको १० वटै निर्वाचन क्षेत्र अन्र्तगत श्रावण ४ र ५ गतेका लागि क्रमस निर्वाचन क्षेत्र नं १ का लागि दशरथ रङ्गशाला, विजयस्मारक स्कुल, बानेश्वर व्याङ्केट र भिएस निकेतन स्कुलमा आफ्ना जनप्रतिनिधीमाफैत प्रारम्भिक मस्यौदामा आफ्नो सुझाव प्रस्तुत गर्दै छन भने  क्षेत्र नं २ का लागि भगवती मावि साँखु, सरस्वती मावि कोटेश्वर, आस्था पार्टी प्यालेस थली र गोल्डेनगेट उमावि पुरानो बानेश्वरमा स्थान तय गरिएको छ । क्षेत्र नं ३ का लागि आलापोटको कागेश्वरी पुस्ताकालय, सुन्दरीजलको ओख्रेनी मावि, समता स्कुल नयाँबस्ती बौद्धमा पुगेर आफ्ना सुझाव दिन आग्रह गरिएको छ ।
त्यस्तै क्षेत्र नं ४ का जनताले बास्केटबल कोर्ट गोल्फुटार, मिलनचोक पार्टी प्यालेस, गोल्डेन लाइट पार्टी प्यालेस र अग्रवाल भवन कमलपोखरीमा पुगेर सुझाव दिन आग्रह गरिएको ट भने क्षेत्र नं ५को हकमा पुरानो गाविस भवन टोखा, धुम्बाराही पार्टी प्यालेस, धापासी नेचर क्लब र परेली पार्टी प्यालेसका लागि स्थान तय गरिएको छ । क्षेत्र नं ६ मा मानसिंह धर्म उमावि, लैनचौरमा दुग्ध विकास संस्थान नजिकै र पब्लिक बोर्डिङ स्कुललाई सुझाव संकलन केन्द्र तोकिएको छ । यसैगरि क्षेत्र नं ७ मा बालाजु पार्क, क्षेत्र नं ८ का लागि ज्ञानोदय उमावि बाफल, क्षेत्र नं ९ का लागि तीनकुने ग्राउण्ड कुलेश्वर र बलम्बु गुर्जुधारा–८ जिविसको पुरानो भवनलाई सुझाव दिने स्थानका रूपमा तय गरिएको छ भने क्षेत्र न १० का जनताले पाँगा पार्टी प्यालेस कीर्तिपुर, त्रिभुवन आर्दश विद्यालय फर्पिङ, दक्षिणकाली नगरपालिका र सतुङ्गल पार्टी प्यालेस, सतुङ्गल चन्द्रागिरि नगरपालिका पुगेर सुझाव दिन आग्रह गरिएको छ ।