शनिबार, बैशाख १५, २०८१

निर्वाचन आयोगद्दारा २० बुँदे सुझाव प्रस्तुत

काठमाडौ श्रावण ४, संविधानको प्रारम्भिक मस्यौदामा निर्वाचन आयोगले “नेपालको संविधान, २०७२” को प्रारम्भिक मस्यौदामा निर्वाचन आयोग गठन गर्दा समावेशी र व्यावसायिक दक्षताको आधारमा पदाधिकारी रहने गरीे व्यवस्था हुनुपर्ने, प्रमुख निर्वाचन आयुक्त र निर्वाचन Election_20150719090513आयुक्तमा नियुक्त हुन कम्तिमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने र आयोगका पदाधिकारीको सेवा र सुविधासम्बन्धी सर्त सर्वोच्च अदालतको न्यायाधीशसरह हुनुपर्ने नेपाल सरकारसँग परामर्श गरी स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सक्ने अधिकार निर्वाचन आयोगलाई हुने व्यवस्था जस्ता आधारभूत बुँदा थप गर्न भन्दै आफ्नो सुझाव प्रस्तुत गरेको छ ।

त्यस्तै आयोगकोको आईतवार बसेको बैठकले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक उम्मेदवारले एकैपटक एकभन्दा बढी स्थानमा उम्मेदवार दिन नपाउने गरी व्यवस्था गर्नुको अलावा स्वदेश तथा विदेशमा रहेका मतदाताहरूको नामावली तयार गर्ने र मतदाताले मतदान गर्न पाउने उमेर पुगेको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई रहनुपर्ने लगायतका २० बुँदे सुझाव सुझाव आयोगले दिएको हो ।