शुक्रबार, चैत्र १६, २०८०

फेरी सरकारले प्लास्टिक झोला निषेधको निर्णय कार्यान्वयनको अनुगमन गरिदै

काठमाडौ श्रावण ४,काठमाडौँ उपत्यकामा प्लास्टिक झोला निषेध गर्ने विगत को निर्णयलाई सरकार र मातहतका निकायले श्रावणबाट कडाइका साथ लागू गर्ने तयारी गरेको छ ।
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले यसअघि गत वैशाख १ गतेदेखि उपत्यकामा ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोला उत्पादन र बिक्री वितरण गर्न निषेध गर्दै कडाईका साथ उत्पादन र बिक्री वितरणमा अनुगमन गरेर कारबाही गर्ने निर्णय गरेकामा १२ गतेको भूकम्पपछि उक्त प्रक्रियाले विराम पाएको थियो ।