शनिबार, बैशाख १५, २०८१

लगानी र लगानीकर्ता विकर्षित हुने अवस्था नहोस्: प्रम कोइराला

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघसस्थाको तर्फबाट सहयोग गर्ने क्रम जारी

काठमाडौ श्रावण ३, भूकम्प पिडितहरुको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न प्रधानमन्त्री निवास पुगेका विभिन्न संघसस्थाका प्रतिनिधीहरुले प्रदान गरेको सहयोग रकमा बुझदै प्रधानमन्त्री सुशील कोइरालाले प्राकृतिक विपत्तीका कारण तहसनहस भएको मुलुकको भौतिक संरचनाको पुर्न निर्माणका लागि आएका कुनै पनि लगानी र लगानीकर्ताहरू विकर्षित हुने अवस्था sushil_koiralaउत्पन्न हुन दिन नहुने बताउनुभएको छ ।

त्यस्तै आज प्रम कोईराला लाई भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापना कार्यको सहयाृगको लागि भन्द बुटवल पावर कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले रु ४५ लाख उद्धार कोषलाई प्रदान गरेको प्राप्त समाचार उल्लेख गरिएको छ ।  त्यस्तै आजै दाना उद्योग सङ्घबाट रु बीस लाख, सिद्धार्थ फाइनान्सको रु छ लाख साठी हजार, एनबिसिबिएसको रु तीन लाख सहयोग गरेको छ भने आसमान नेपालले पनि रु एक लाख त्रिहत्तर हजार ७१८ प्रदान गरेको छ ।

त्यस्तैगरि कन्ट्री डेभलपमेन्ट बैंकको रु एक लाख बैसट्ठी हजार, मादी दाहाल परिवारबाट रु एक लाख अठतीस हजार र कानुनी सहयोग तथा परामर्श केन्द्र ल्याकको तर्फबाट रु एक लाख र बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको तर्फबाट रु असी हजार सहयोग प्रदान गरेको समाचारमा जनाईएको छ ।