बिहिबार, बैशाख १३, २०८१

उपप्रम सिंहद्दारा सौर्य बत्तीको उद्घाटन

काठमाडौं श्रावण ३,  उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहद्धारा सौर्य उर्जाको आज साँझ उद्घाटन गर्नुभएको छ । सांसद विकास कोषमार्फत छुट्टाएको रकमबाट निर्माण गरिएको काठमाडौँ महानगरपालिका विभिन्न वडाका सडकमा सो Prakashman-signबत्ती जडान गरिएको हो ।

सौर्य बत्तीको उद्घाटन गर्दे उपप्रधानमन्त्री सिंहले सार्वजनिक स्थानमा बत्ती नभएकाले हिँडडुल गर्न समेत गाह्रो भएको र सबै क्षेत्रको माग अनुसार उक्त बत्ती जडानका लागि सांसद विकास कोषबाट रकम विनियोजन गरेको बताउनुभयो ।

उहाँले काठमाडौँ महानगरपालिका क्षेत्र नं १ का चार वडामध्ये तीन वडामा ६० वटा सौर्यबत्ती जडान गर्नुका साथै ३४ वडामा क्रियापुत्री भवन र १० नं वडामा पार्क समेत निर्माण गरेकोले जनताले धेरै  खुशी छाएको बताउनुभयो । सिंहले सौर्य बत्ती देख्नेवित्तिकै सार्कको लागि बनाएको भन्ने भ्रम परेकाले यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयो ।

 फोटो साभार:   Anil Shresthaको फेसबुब पेज