शनिबार, बैशाख १५, २०८१

राजधानीमा काँहा काँहा गरिदैछ प्रारम्भिक मस्यौदामा जनमत सङ्कलन

प्रारम्भिक मस्यौदामा जनमत सङ्कलनका लागि सभासद्हरू आ–आफ्नो क्षेत्रमा

काठमाडौ श्रावण ३, श्रावण ४ र ५ गतेको मितिमा संविधानको पहिलो मस्यौदामाथि जनमत सङ्कलन लागि तयार गरिएको कार्यतालिकाअनुसार सभासद्हरू आ–आफ्नो तोकिएको क्षेत्रमा पुगि सकेको संविधानसभा सचिवालयले जनाएको छ । सचिवालयका CA-अनुसार केही शीर्ष नेताबाहेक धेरैजसो सभासद् आ–आफ्नो क्षेत्रमा पुगेर जनमत सङ्कलनको आवश्यक तयारी गरिसकेको र मोफसलमा जनमत सङ्कलनका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आवश्यक व्यवस्था मिलाइएको जानकारी दिदै संविधानमा नागरिकले फोन वा इमेल गरेर पनि सुझाव दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको सचिवालयले जनाएको छ ।

यसैबीच राजधानीमा भने सचिवालयले १० वटै निर्वाचन क्षेत्रमा पनि सुझाव दिनका लागि सनम्नानुसारको व्यवस्था गरेको जनाएको छ ।
जसअनुसार काठमाडौँको निर्वाचन क्षेत्र नं १ का लागि दशरथ रङ्गशाला, विजयस्मारक स्कुल, बानेश्वर व्याङ्केट र भिएस निकेतन स्कुलमा व्यवस्था गरिएको छ ।

क्षेत्र नं २ का लागि भगवती मावि साँखु, सरस्वती मावि कोटेश्वर, आस्था पार्टी प्यालेस थली र गोल्डेनगेट उमावि पुरानो बानेश्वरमा स्थान तय गरिएको छ । क्षेत्र नं ३ का लागि आलापोटको कागेश्वरी पुस्ताकालय, सुन्दरीजलको ओख्रेनी मावि, समता स्कुल नयाँबस्ती बौद्धमा पुगेर जनताले आफ्ना सुझाव दिन सक्नेछन् ।

क्षेत्र नं ४ का जनताले बास्केटबल कोर्ट गोल्फुटार, मिलनचोक पार्टी प्यालेस, गोल्डेन लाइट पार्टी प्यालेस र अग्रवाल भवन कमलपोखरीमा पुगेर सुझाव दिन सक्नेछन् । क्षेत्र नं ५ मा पुरानो गाविस भवन टोखा, धुम्बाराही पार्टी प्यालेस, धापासी नेचर क्लब र परेली पार्टी प्यालेसका लागि स्थान तय गरिएको छ ।  क्षेत्र नं ६ मा मानसिंह धर्म उमावि, लैनचौरमा दुग्ध विकास संस्थान नजिकै र पब्लिक बोर्डिङ स्कुल, क्षेत्र नं ७ मा बालाजु पार्क, क्षेत्र नं ८ का लागि ज्ञानोदय उमावि बाफल, क्षेत्र नं ९ का लागि तीनकुने ग्राउण्ड कुलेश्वर र बलम्बु गुर्जुधारा–८ जिविसको पुरानो भवनलाई सुझाव दिने स्थानका रूपमा तय गरिएको छ ।  त्यसैगरी क्षेत्र न १० का जनताले पाँगा पार्टी प्यालेस कीर्तिपुर, त्रिभुवन आर्दश विद्यालय फर्पिङ, दक्षिणकाली नगरपालिका र सतुङ्गल पार्टी प्यालेस, सतुङ्गल चन्द्रागिरि नगरपालिकामा सुझाव दिने स्थानको रूपमा छनौट गरिएको छ ।