शुक्रबार, बैशाख १४, २०८१

 मस्यौदामा आवश्यक विषयको पहिचान सहित सुझाव दिन काँग्रेस महामन्त्री सिंहको आग्रह

काठमाडौ श्रावण २, नेपाली काँग्रेस काठमाडौँ ३२ नं वडा एकाइको संयोजनमा आज राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बो्ल्दै नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको प्रस्तावित मस्यौदामा अधिकतम सुझाव दिन सबैलाई आग्रह गर्नुभएको छ ।

काँग्रेसका महामन्त्री समेत रहेका उपप्रम सिहंले जारी संविधानको प्रारम्भिक मस्यौदामा कति पय विषय समेटिन नसकेको अवस्थालाई स्विकार गर्दै निर्माणाधीन संविधानलाई नेपाल र नेपाली जनताको हित हुने किसिमको बनाउन मस्यौदामा अव सुझाव संकलनको क्रममा समेटिनु पर्ने प्रसंगको पहिचान गरी आवश्यक सुझाव प्रस्तुत गर्न समेत आग्रह गर्नु भएको छ ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा पार्टीको आसन्न १३औँ महाधिवेशनमा सबैको ध्यान केन्द्रित भएको बताउँदै महाधिवेशनका क्रममा हुने बुथ, वडा, गाउँ, नगर, जिल्ला हुँदै केन्द्रको महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने दायित्व पनि विद्यमान रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।