शनिबार, बैशाख १५, २०८१

प्रमुख ४ दलको रवैया विरुद्ध असन्तुष्ट मधेसी मोर्चाद्वारा आन्दोलनको घोषणा

काठमाडौं आषाढ २५, मुलुकका प्रमुख ४ दलले गरेको १६ बुँदे सहमति र जारी संविधान निर्माण प्रक्रियामा गम्भीर असहमति सहित चार दलको रवैया विरुद्ध असन्तुष्टी व्यक्त गर्दै आएका मधेसी मोर्चा अन्र्तगत समाजवादी संघीय फोरम, सद्भावना पार्टी, तमलोपा र तमसपाले संयुक्त रुपमा आन्दोलन घोषणा गरेको madheshi-dal_20150710121536हो ।
शुक्रबार बसेको मोर्चाको बैठकपछि आन्दोलनको घोषित गर्दै जारी विज्ञप्तिमा चार दलले घोषणा गरेको कार्यक्रममा सार्वजनिक स्थानमा कालो झन्डा गाड्नेदेखि राजधानीमा विरोध जुलुस र विभिन्न सहरमा विरोध सभाहरुका कार्यक्रम रहेका छन् । त्यस्तै २७ गते सार्वजनिक स्थानहरुमा कालो झन्डा गाड्ने छन् भने २९ गते काठमाडौंमा विरोध जुलुस श्रावण १ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र कोणसभा र भने श्रावण ५, ६, ७ र ८ गते क्रमश विराटनगर, जनकपुर, वीरगञ्ज र भैरहवामा विरोधसभा गर्ने उल्लेख छ ।