बिहिबार, बैशाख १३, २०८१

नीति तथा कार्यक्रममा संशोधनको माग गर्दै प्रस्ताव दर्ता

काठमाडौ आषाढ २५, सरकारले बुधवार व्यवस्थापिका–संसद्मा प्रस्तुसत गरेको नीति तथा कार्यक्रम उपर संशोधन गर्न भन्दै विभिन्न दल आवद्ध सभासदहरुद्दारा संशोधन प्रस्ताव दर्ता गराउनुभएको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार संशोधन प्रस्ताव दर्ता गराउनुहुने सांसदहरूमा timthumb_थरुहट तराई पार्टी नेपालका गोपाल दहित, तराई मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल राय, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुशीलकुमार श्रेष्ठ, खुम्बुवान् राष्ट्रिय मोर्चाका रामकुमार राई र राष्ट्रिय जनमोर्चाका मीन पुन ,राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, एमाओवादीका गिरिराजमणि पोखरेल र नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर हुनुहुन्छ ।

सचिवालय बाट जानकारीमा राप्रपा नेपालका सांसद श्रेष्ठले स्थानीय निर्वाचन आगामी मङ्सिर महिनामा सम्पन्न गर्नुपर्ने, धर्म परिवर्तनलाई नियन्त्रण गरी कानुन बमोजिम कारबाही गर्नुपर्ने, तीन वर्षभित्र विद्युत् भार कटौती अन्त्य गर्नुपर्ने, भूकम्पपीडितलाई आवास निर्माण तथा पुनःस्थापना लागि रु पाँच लाख अनुदान दिनुपर्ने, घर निर्माणका लागि सहरी क्षेत्रमा रु ५० लाख र ग्रामीण क्षेत्रमा रु २५ लाख एक प्रतिशत ब्याजदरमा उपलब्ध गराउनुपर्ने मागगर्दै संशोधन प्रस्ताव दर्ता गराउँनु भएको उल्लेख  रहेको छ ।