बुधबार, बैशाख १२, २०८१

गाँजासहित ३ जना पक्राउ

काठमाडौ आषाढ २५, राजधानीको सुन्धाराबाट प्रहरीले अवैध लागु औषध गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ । धादिङका १६ बर्षीय विजय तामाङ, सुनसरीका १७ बर्षीय अनिश श्रेष्ठ र काठमाडौं बस्दै आएका ३० बर्षीय उदेश शाहीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी बृत जनसेवाबाट खटिएको प्रहरी टोलीले images (1)चेकजाँचका क्रममा गएराति साढे १० बजे उनीहरुलाई गाँजासहित पक्राउ गरेको जनाएको छ ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लागु औषध चरेशसहित एक मलेसियन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मलेसियन एयरद्वारा मलेसिया जान लागेका ३२ बर्षीय डेविड सान्थीभोलाई गएराति ११ बजे चेकजाचँका क्रममा उनको साथबाट चरेश बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि लागूऔषध ब्युरो कोटेश्वर पठाईएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।