शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष प्रयोजनार्थ ६० हजार अमेरिकी डलर सहयोग

काठमाडौ श्रावण १, महाभूकम्पपीडित नेपालीहरुको राहत र पुनःस्थापना कार्यलाई सघाउन अमेरिकाको विस्कन्सिनस्थित मिल्वाकी नेपाली परिवार इङ्क र मासाचुसेट्स ब्याडमिन्टन सङ्घले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष प्रयोजनार्थ ६० हजार अमेरिकी डलरको चेक sushil_koiralaप्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मिल्वाकी संस्थाकी बोर्ड अध्यक्ष डा कल्याणी राईले उक्त रकम प्रदान गर्नु भएको हो ।  त्यस्तै, आजै बिहान कैलाली जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष महेश शाहले मासाचुसेट्स ब्याडमिन्टन सङ्घबाट प्राप्त रु छ लाख ५४ हजार ७७६ भूकम्पपीडितको राहत र पुनःस्थापना कार्यलाई सघाउन दिइएको सो रकम हस्तान्तरण गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।