बिहिबार, बैशाख १३, २०८१

प्रेस स्वतन्त्रातासम्बन्धी त्रुटि सच्चाउन लिखित सुझाव दिन सञ्चारकर्मीलाइ मस्यौदा समितिका सभापति सिटौलाको आग्रह

काठमाडौ आषाढ ३१, संविधानको प्रस्तावित मस्यौदामा प्रेससम्बन्धी राखिएको कतिपय प्रावधान प्रेस स्वतन्त्रता विरोधी र विरोधाभासपूर्ण भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ । नेपाल प्रेस युनियनद्वारा आज आयोजित संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफल कार्यक्रममा सरोकारवाला विज्ञरुले यस्तो माग गरेको हो ।
छलफल कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री एवम् संविधानसभा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रदेशको संरचनाबिनाको संविधान जारी गर्न सम्भव नभएको बताउँदै नयाँ बन्ने संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपति तथा राष्ट्रियसभाको निर्वाचन गर्न पनि प्रदेशको संरचना अनिवार्य हुने जानकारी सहित मkrishna-sitaula-.स्यौदा बनाउँने क्रममा पृथकपृथक धारका राजनैतिक दलवीचको सहमतिमा मस्यौदा आएकोले केहि गल्ती र ककमजोरी पनि भएको स्विकार्दै यि र यस्ता गल्तीका वावजुद पनि प्रेस स्वतन्त्रता र जनताको सूचनाको हकमा कुनै सम्झौता नहुने र प्रेस स्वतन्त्रातासम्बन्धी त्रुटि सच्चाउन लिखित सुझाव दिनका लागि सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवम् मस्यौदा समितिका सदस्य गगन थापाले मुलुकमा सात दशक लामो सङ्घर्ष र बहसपछि बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्था अपनाउन दलहरु सहमतिमा पुगेको बताउँदै काँग्रेसले प्रेस स्वतन्त्रतामा कुनै सम्झौता नगर्ने प्रष्ट अभिव्यक्ति दिनु भएको छ । कार्यक्रममा सूचना आयोगका आयुक्त किरण पोखरेल युनियनका पूर्वअध्यक्ष, अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल पत्रकार महासङ्घ पूर्वसभापतित्रय डा सुरेश आचार्य ,तारानाथ दाहाल धमेन्द्र झा , युनियनका अध्यक्ष बद्री सिग्देल, पूर्वअध्यक्ष मुरारीकुमार शर्मा, युनियनका कोषाध्यक्ष सरोज अधिकारी तथा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झा लगायतले यो वा त्यो बहानार्मा प्रेसमाथि नियन्त्रण गर्ने दफा गत व्यवस्थाले अन्यौलता सिर्जना गरेको धारणा राख्नुभएको थियो ।