शुक्रबार, बैशाख १४, २०८१

थुक लगाउँदै , पाना पल्टाउदै

काठमाडौं आषाढ ३०,  रबिन्द्र समीर/ सम्माननीय राष्ट्रपति डा। रामवरण यादबले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा थुक लगाउंदै, पाना पल्टाउदै गरेको बारे मैले समाचार पत्रमा छोंटो अन्तर्वार्ता दिएको थिएँ । त्यो प्रवृति यसपटक पनि आज देखियो । खरबौंको बजेट प्रस्तुत गर्दा आजको सभ्य 914001_559979787406711_745942737_oसमाजमा थुक लगाएर पाना पल्टाएको त्यति सभ्य मानिंदैन । कमसेकम स्पोन्ज र पानी प्रयोग गर्न सकिन्थ्यो ।

थुक लगाएर पाना पल्टाउँदा बजेटको कागजमा भएका किटाणु अर्थमन्त्रीलाई सर्न पनि सक्छ वा अर्थ मन्त्रीमा केहि रोग भएमा पाना मार्फत अरु कर्मचारीलाई पनि सर्न सक्छ । श्वासप्रश्वासजन्य रोगहरु स्वाइन फ्लु, इन्फ्लुएन्जा, टिबीका किटाणु वा अन्य रोगहरु त्यो पानामा काम गर्ने व्यक्तिलाई पनि सर्न सक्छ । त्यस्तै अन्य ब्याक्टेरिया तथा भाइरसजन्य रोग पनि सर्न सक्छ १ यस्तो बिषयमा अन्तराष्ट्रिय स्तरका अर्थमन्त्री, संसदका कर्मचारी सबैले सोंच्नुपर्ने हो ।
राष्ट्रिय इज्जतको पनि ख्याल गर्नुपर्ने हो । अर्कोपट कदेखि यस्तो नहोस ।  : (लेखक वरिष्ठ साहित्यकार तथा जनस्वास्थ्य विशेषज्ञ हुन )