शनिबार, बैशाख ८, २०८१

बजेटमाथिको छलफल आजदेखि सुरु हुने

काठमाडौ आषाढ ३०, सरकारले मंगलवार व्यवस्थापिका संसदमा आगामी आवका लागि सार्वजनिक गरेको ८ खर्ब १९ अर्बको बजेट प्रस्तुत बजेटमाथि आजबाट छलफल हुँदैछ । व्यवस्थापिका संसदमा मंगलवार अर्थमन्त्री डा.रामशरण महतलेआर्थिक बर्ष २०७२/०७३ को लागि budgetबजेट हिजो पेश गर्नु भएको थियो । संसद सचिवालयका अनुसार बजेटका विषयमा आजदेखि सभासदहरुले भनाई राख्ने र यसका लागि आज बिहान ११ बजे संसदको बैठक बस्दै छ ।

सभासदहरुले बजेटमा भनाई राखेपछि अर्थमन्त्री महतले जवाफ दिने र पारित हुनेछ । बजेटमाथिको छलफल लम्बिने भएकाले पहिलो पटक संसद केहीदिन स्थगन गरेर सभासदहरु संविधानको मस्यौदामा सुझाव संकलन गर्न गाउँ जानेछन् । भूकम्पपछिको पुननिर्माणमा केन्द्रित स्वीकृत मापदण्ड अनुसार भूकम्प पीडितले आफै घर बनाउन चाहेमा २ लाख रुपैयाँसम्म सहायता दिने, भूकम्पप्रभावित जिल्लाका ५० हजार युवालाई सिकर्मी, डकर्मी तालिम दिने कार्यक्रम छ । कृषि अनुदानको व्यवस्था गरिएको छ भने स्वास्थ्यमा पनि एक गाउँ एक डाक्टर जस्ता लोकप्रिय कार्यक्रम ल्याइएको छ ।