शुक्रबार, बैशाख १४, २०८१

महाधिवेशनको संघारमा मलाई बदनाम गराउँन लागि फैलाईएको प्रोपोगण्डा मात्र हो :खु��बहादुर खड्का

 “खुमबहादुर मात्र होईन शेरबहादुर, बाबुराम, प्रचण्ड, रामचन्द्र,केपी ओली, माधव नेपाल,झलनाथ वा सुशील वा मधेशवादी दलले चाहदैमा र भन्दैमा नेपालमा राजतन्त्र वा राजा आउछ भन्नु मुर्खता र बकवास मात्र हो”

नेपाली कांँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का नेपाली राजनैतिक वृतमा परिचय गराई राख्नु पर्ने नाम होईन । तर पनि एक दशकअघिसम्मका शक्तिशाली राजनीतिज्ञ नेता खड्का । त्यसवेला कांँग्रेसभित्र किङमेकर भनौ वा योजनाकारका रुपमा सक्रिय हुँदै तीन पटक मुलुकको गृहमन्त्रीका साथ पटक–पटक भौतिक योजना, स्थानीय विकास, जलस्रोत जस्ता मन्त्रालय सम्हालेका एक सफल नेता भएपनि उहाँको यसवीचमा तत्कालीन परिचयमा केहि फेरबदल भएको छ । हुँनत उहाँ नेपाली काँग्रसको केन्द्रीय सदस्य पनि पनि हो । तर राजनीतिको मूल धारमा छैनन् । आफ्नै पार्टी सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि उनी बालुवाटार छिर्दैनन् ।

त्यसवेला मेलमिलापको नीति लिएर वी.पी.कोइरालासङगै नेपाल फर्किएर नेपालको राजनीतिमा सक्रिय रहेका व्यक्तित्व नेता खड्काले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ सङगसङगै जनजीविकाको सवाललाई आत्मसाथ गदै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासङग नेपाली काँग्रेसको सङगठन विस्तारमा लामो समय सक्रियभइ काम गर्नुभएका व्यक्तित्व । तर नेता खड्कालाई राजा छउञ्जेल रअको एजेन्ट भनियो, राजा गएपछि राजावादी भनिएकोमा गुनासो गर्नुहुन्छ हामी संगकोको भेटमा उहाँ । त्यस्तै तर पछिल्लोसमय सनातन हिन्दु राष्ट्र स्थापना महाअभियान अन्र्तगत मुलुकलाई हिन्दु राज्य कायम गराउँने लक्ष्य राष्ट्रिय अभियानका रुपमा अघि बढाउँदै मुलुकलाई धर्म निरपेक्ष बनाउने की सापेक्ष त्यस विषयमा जनमत संग्रह गर्नुपर्ने माग गर्दै आउँनु भएका पूर्व गृहमन्त्री एवमं नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले सबै राजनीतिक दलका लोकतन्त्रवादी हुँ भन्ने नेताहरुबाटै हिन्दु राष्ट्र स्थापनाका बिषयमा अलोकतान्त्रीक गतिविधी गरिरहेको आरोप लगाउँदै खड्काले जनताकाबीचमा गएर देखाउन चुनौती पनि दिएका छन । यसै प्रसङगमा  समसामयिक राजनीतिक सवाल र पार्टीको आसन्न १३ औं महाधिवेशनको सेरोफेरोमा केन्द्रीत पत्रकारद्दय श्रीजन झा र योगेन्द्रप्रताप शाहीले उहासंग गर्नुभएको विस्तृत कुराकानीको सार संक्षेप

० मुलुकको विद्यमान राजनैतिक अवस्था र चार दलवीच भएको १६ बुँदें सहमतिको सवालमा यहाँको विश्लेषण ?

त्यसवेला मेरो दल नेपाली काँगे्रसले सङघीयताको कुरा उठाउँदाखेरी सङघीयतामा जानु हुँदैन भन्ने म एक मात्र व्यक्ति हुँ । संघीयता होइन तर विकेन्द्रीकरण नेपालमा हुनु पर्छ भन्ने मान्यता र विचार राख्ने व्यक्ति हुँ । तर आज चार पार्टीका ठूला भनाउँदा नेताहरुले १६ बुँदें सहमति गर्दैमा संविधान जारी हुन्छ भन्ने मनस्थिती सहित गरेको यो सहमति आफैमा सकारात्मक भएपनि यो सहमतिले मधेस आन्दोलनलाई बेवास्ता गरेकै कारण एकातर्फ मधेस आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको त्याग र भावनाको अवमुल्यण भएको छ भने अर्कोतर्फ यो सहमतिले भविष्यमा तराई विखण्डणको संभावनालाई मलजल गरेको देखिन्छ ।

० त्यसो त सहमति आफैमा संविधानसम्मत छैन भनिन्छ नी ?

हेर्नुस यो सवालमा अन्तरिम संविधानको कुन धारासंग मेल खान्छ या कुन धारा मेल खाँदैन त्यो मलाई थाहा छैन यदि सहमति आफैमा संविधानसम्मत छैन भने वा चार दलका नेताहरुले हामीले गरेको निर्णय सर्वौपरि हुन्छ भन्ने मान्यता राख्दै सहमतिको नाममा सहमति गर्दै कुनैपनि निर्णय संविधानको भावना विपरित लाड्न खोज्छ भने अन्तरिम संविधान भन्नुुस वा संविधान यसको रक्षा गर्ने दायित्व भनेको राष्ट्रपतिको हो । उहाँ यस विषयमा गम्भीर बन्नुपर्छ ।

० मूलधारको राजनितीबाट आझेलमा पर्दै सुरु गर्नुभएको धार्मिक अभियानमा कहाँ पुग्यो ?

पहिलो कुरा त मूलधारको राजनितीबाट म आझेलमा परेर यो अभियान सुरु भएकै होईन । म नेपाली काँगे्रसकै मुलधारमा रहेर राजनीति गरिरहेको छु । मेरो मुद्धा भनेको केवल हाम्रो परम्परा, रितिरिवाज र धर्म सवैलाई बन्धक बनाउँदै जनआन्दोलनको एजेन्डा विपरित पार्टीभित्र कुनै छलफल नभई एक्कासी गरिएको धर्मनिरपेक्षताको निर्णय संग जोडिएको छ । हामी यो निर्णयलाई स्विकार गर्न सक्ने पक्षमा छैनौ र थिएनौ पनि । त्यसैले अब बन्ने संविधानमा नेपाल सनातन हिन्दु राष्ट्र भनेर सम्बोधन हुनु पर्छ भनेर हामीले आफ्नै दल नेपाली काँगे्रस भित्रबाट सनातन हिन्दु राष्ट्र स्थापना महाअभियान अन्र्तगत यो अभियानको कुरा उठाएका छौ । हामी जसलाई महामानव भन्छौ स्व. बी.पी. कोईराला जुन उहाले हामीलाई नेपाली काँगे्रसको विधान दिनुभयो चिन्तन र बाटो दिनुभयो त्यो विधान र चिन्तनबाट भट्केर नेपाली कांग्रेस पछिल्ला दिनहरुमा अर्कै बाटो लागेको हामीलाई लागेको छ । त्यसकारणले जनआन्दोलनको मुद्दै नभएको नेपाली काँगे्रसले निर्णयमा सहमति ग-यो त्यो गल्ती भएको छ । त्यसलाई सच्याउनु पर्छ भनेर हामी नेपाली काँगे्रस भित्रबाट लागेका छौ ।

० धर्मनिरपेक्षता सापेक्षाताको सवालमा कसको गल्तीका कारण काँग्रेस चुकेको हो ?

दिल्लीमा १२ बुँदे समझदारी भयो त्यसपछि नेपालको हावा पानी र माटो लगायत सबै गिरिजा र प्रचण्डमयि भएको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । नेपाली काँग्रेस
भित्रबाट उठेको सवालमा त्यसवेला गिरिजावावुले छलफल गर्नु पर्छ भन्ने व्यक्तिहरु कुनै अझ भनौ कसैको कुराहरु सुनिएन । गिरिजाबाबु कसैको कुरै नसुन्ने, कसैको कुरै नमान्ने आफ्नै कुराको बाह्रै टका सहि भनाउने हुनुहुन्थ्यो उहाकै जिद्दीले त्यतिबेला यस्ता त्रुटीहरु भएको हो । तथापी कसैलाई गलत भनेर टिका टिप्पणी गर्दै हिडने उद्देश्य मेरो होइन तर जुन कुरा गल्ती भएको छ अहिले देश र जनातले त्यस गल्तीको अनाहकरुपमा पिडा भोग्नु परिरहेको छ ।

० नेपाली कांग्रेस विचारका आधारमा चल्ने कि धर्मका आधारमा भनेर तपाईंहरूमाथि पार्टी्भित्रबाटै प्रश्न उठिरहेको छ नि ?11652069_10202940850520951_1731900150_n (1)

यसो भन्ने कांग्रेसका नेताहरूले कि त बुझ पचाइरहेका छन् कि कांग्रेसलाई नै बुझिरहेका छैनन् । मुख्य कुरा के हो भने यो राष्ट्र निर्माण भएदेखि नै हिन्दू राष्ट्र थियो । म ०६२ /६३ को आन्दोलनका वेला कहीँकतै पनि धर्म निरपेक्षता कुरा थिएन । यस्तो अवस्थामा मईले अगाडि पनि भने एकाएक पार्टीलाई जानकारी नै नदिई, केन्द्रीय समितिमा छलफलसमेत नगराई नेताहरूले  धर्म निरपेक्षता पास गराए । यसमा गम्भीर गल्ती भएकाले सच्याउनुपर्छ भनेर म लागेको हुँ । यसमा अस्पष्ट हुनुपर्ने ठाउँ छैन । अर्को कुरा, नेताहरूले आ–आफ्नै विचार राख्ने हो । कसले के भन्छ भन्ने कुरालाई म अन्यथा मान्दिनँ । ०४७ को संविधान हुँदा नेपाली कांग्रेसको विधान के थियो, त्यतिवेला पनि केही साथी गणतन्त्र हुनुपर्छ भनेर उफ्रिरहेका थिए नि त उनीहरूलाई लागेको कुरा भने । उनीहरूको स्वतन्त्रताको कुरा थियो । अहिले त्यही स्वतन्त्रताको उपयोग गरेर म हिन्दू राष्ट्र बन्नुपर्छ भन्ने अभियानमा सरिक भएको छु । यसबीचमा मैले साधारण जनताको अत्यन्तै सकारात्मक प्रतिक्रिया पाएको छु । पार्टीका नेता कार्यकर्ताको ठूलो समर्थन पाएको छु र अरू पार्टीका साथीहरूको पनि सहानुभूति र समर्थन छ ।

० सनातन हिन्दु राज्यको बहानामा राजा वा राज संस्थालाई पुर्नस्थापना गर्न खोजेको वा राजावादी भनेर पनि भनि रहेका छन् नि ?

विकेन्द्री करणमा गएर गाउँ–गाएँ जिल्ला–जिल्लाहरु बलिया बनाउनु पर्छ भन्ने विचार, मान्यतामा हिंडने व्यक्ति र नेपाल सनातन शिन्दू राज्य हुनु पर्छ भन्ने व्याक्ति कसरी राजावादी भयो । हिजो मईले काँग्रेस केन्द्रीय समितिमा प्रसंगवस गणतन्त्रको प्रस्ताव गर्दैगर्दा विपीको विचार त्याग्नु हन्न खुमवहादुरले उठान गरेको कुरा जायज छैन भन्ने उनै नेताहरु आज ठूला गणतन्त्रवादी हुने मुलुकमा सनातन हिन्दू राज्यको कुरा गर्दैमा राजावादी हुन्छ ? जहाँसम्म राज संस्था पुर्नस्थापनाको सवाल छ त्यस विषयमा भन्ने हो भने अब खुमबहादुर मात्र होईन शेरबहादुर, बाबुराम प्रचण्ड, रामचन्द्र,केपी ओली, माधव नेपाल, झलनाथ वा सुशील वा मधेशवादी दलले चाहदैमा र भन्दैमा नेपालमा राजतन्त्र वा राजा आउछ भन्नु मुर्खता र बकवास हो । जुन शक्तिले राजसंस्था समाप्त पारेको हो त्यहि शक्तिले चाहेको खण्डमा मात्र त्यो संभव छ । यदि होईन भने यो केवल म महाधिवेशनको संघारमा मलाई बदनाम गराउँन लागि फैलाईएको प्रोपोगण्डा मात्र हो । म वीपीको बिचारबाट कहिले पनि बाहिर गएको छैन र जादैन पनि । वीपीको बिचार सहित आफ्नो विचार र सोचमा अडिग छु । समय परिवर्तनशिल हुन्छ समयले नै यस्ता कुराहरु अवश्य पनि अगाडि ल्याउने छ ।

“लोकतन्त्रवादी हुँ भन्ने नेताहरुबाटै हिन्दु राष्ट्र स्थापनाका बिषयमा

अलोकतान्त्रीक गतिविधी गरिरहेको आरोप„

० महाविनाशकारी भूकम्पपछि मुलुककमा एमालेको नेतृत्वमा राष्ट्रिय सरकारको चर्चा छ । यदि नयाँ सरकार बन्यो भने सनातन हिन्दू राष्ट्रको मुद्धा सम्बोधनको वातावरण बन्छ त ? 

यो विषयमा यो पार्टीको सरकारको नेतृत्व वा त्यो पार्टीको नेतृत्व भन्ने सवाल होईन । सनातन हिन्दू राष्ट्रको मुद्धामा सबै दलका शिर्ष नेताहरुसंग छलफ गर्ने क्रम जारी नै छ । हामीले यसवीचमा प्रधानमनत्री सुशील कोइरालाई ज्ञापन पत्र बुझाई सकेका छौ । त्यस्तै एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डसंग पनि समय मिलाएर ज्ञापन सहित छलफल गर्नेछौ । त्यस्तै राप्रपा नेपालले त मुद्दै सनातन हिन्दू राष्ट्र स्वीकार गरेकै छ । अन्य साना दल र मधेसी दलहरुसँग छलफल गरेर जानु पर्छ । अहिलेसम्म सवैदल सकारात्मकनै देखिएको अवस्था छ । परन्तु उहाँहरुले लिँडेढिपी छाडेनन् वा सनातन हिन्दू राष्ट्रको पक्षमा सम्बोधन भएन भने आन्दोलनमा जानु को विकल्प रहदैन । भने शान्तिपूर्ण आन्दोलन हुन्छ । त्यो धार्मिक आन्दोलनले कसलाई कहाँ र्पुयाउँछ भन्ने कुरा भविष्यले बताउनेछ ।

० काँग्रेसको १३ औ अधिवेशनको समय नजिकिदै छ तपाईको उम्मेदवारीको चर्चा पनि छ नि ?

काँग्रेसको १३ औ अधिवेशनको लागि शेरबहादुर देउवा र म एक ठाउँमा उभिएको अवस्था हो । उहाँलाई मईले तपाई सभापतित्वमा म महामन्त्रीमा चुनाव उठ्छु भनेर प्रस्ताव गरेको छु । उहाँले समय छ बसेर फाईनल गरौला भन्नु भएको म त्यसैको बाटो हेरेर बसेको छुं ।

० तपाईले क्याम्प परिवर्तन गर्नु भएको हो ?kbkhadka

सुन्नुस म क्याम्प स्याम्पको पछि लाग्ने पक्षमा छैन र होईन पनि । क्याम्प बनाए भने म आफै बनाउँछु । मैले अघि पनि भनि सके म विद्यार्थीकाल देखि महामानव विपीको विचारमा हिंड्ने व्याक्ति हुँ । तपाईहरु अहिले सुशील कोइरालालाई धेरै ठूलो नेता ठान्नु हुन्छ ? तर, म नेपाली काँग्रेसको राजनीति गरिहँदा वा बनारस जेलमा हुँदा उहाँ के गर्नु हुन्थ्यो ? उहाँ पञ्चायतकाल देखि नेपाली काँग्रेसले गरेको सघर्षमा कति पटक जेल जानु भएको छ कति जेल जिवन विताउनु भएको छ ? यो विषय तपाईहरु आफै खोज्नुहोस । तर, पनि म उहाँलाई सम्मानै गर्छु । अहिले जतिपनि नेताहरु छन् ति मध्ये रामचन्द्र पौडेल मात्र हुन दलका लागि जेल परेका । महामानव वीपी कोइरालाले मलाई बनारस जेलबाट छुटाएर ०३४मा सेन्ट्रल कमिटिमा ल्याउनु भएको हो । त्यसवेलादेखिनै खुमबहादुर खड्काले काँग्रेसमा चाहे त्यो तत्कालीन मध्यपश्चिमको क्षेत्रिय सभापतिकाको जिम्मेवारी सम्हाल्दैको अवस्थामा होस वा अन्य जिम्मेवारीको समयमा महामानव विपीको विचार र सिद्धान्तमा हिंडेर के–के कार्य गरेको थियो त्यो खोज्यो भने आपैm स्पष्ट हुन्छ । त्यो वेला बनेको फाउण्डेशनका कारण आज काँग्रेस काँग्रेस बनेको छ । यहाँ के भयो भने सबै बलेको आगो ताप्छन् । यद्यपी जस्ले जे भने पनि राष्ट्रको हित के मा हुन्छ, देश र जनताले कसरी निकास पाउनसक्छन् भने सञ्चार क्षेत्रले पनि बेला बेलामा बुझ्न छोड्यो भने त्यो देश अवश्य दुर्घटनामा जान्छ । असामाजीक र अराष्ट्रिय तत्वहरुलाई बल मिल्छ र अगाडि आउछन् । अहिलेको परिवेशमा भन्नुपर्दा त्यस्तै असामाजीक र अराष्ट्रिय तत्वहरुलाई मलजल गर्ने कार्य नेताहरुबाट भईरहेको छ । त्यस्तै यहि स्थिती कायम रहने हो भने सिके राउत जस्ता मान्छेलाई बल दिने काम हुन्छ

० सर्वोच्चको फैसलाका कारण खुमबहादुरले उम्मेदवारी दिन पाउँदैन भन्ने चर्चा पनि व्यापक छ . ? 

यो सरासर भ्रामक र कपोकल्पीत हल्ला मात्र हो । म जनतामा जान पाउँछु, निवार्चनमा भाग लिन पाउँछु । साच्चै भन्ने हो भने म प्रधानमन्त्री २०५१ सालमै हुन्थ्ये । त्यति बेला शेरबहादुरजी प्रधानमन्त्री हुने थिएनन् । गिरिजाबाबुले जबरजस्ती मलाई बस्न लगाएर शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउनु भएको हो । त्यसैले म के भन्छु भने मैले भरखरैको राजनीति गरेको होइन । महामानव वीपीको समयदेखि अहिलेसम्म धेरै राजनीति गरेको र कसको राजनिती के हो भन्ने बुझीसकेको छु । सबैसंग कुरा मिल्यो भने ठीक नत्र म दल भित्रै आफ्नै पक्ष खडा गर्छु ।

० महाधिवेशनको संघारमा देश दौदाह गर्दैगर्दा कस्तो प्रतिक्रिया पाउँनु भो ?

“सनातन हिन्दू राष्ट्रको पक्षमा  सम्बोधन भएन भने

आन्दोलनमा जानु को विकल्प रहदैन „

२०४६ सालको जन आन्दोलन भयो त्यो भन्दा अगाडिका मान्छेहरु अर्थात नेपाली काँग्रेसका कार्यकता नेताहरु जुनलाई मेरो विषयमा सबै थाहा थियो ती व्यक्तिहरु अहिले नेपाली काँग्रेसमा एक प्रकारले भनौ सक्रिय छैनन भन्दा पनि हुन्छ । २०४२ पछि बनेका नेताहरुको अहिले बोलबाला छ । पछिका नेताहरुलाई मेरो विषयमा थाहा नै छैन । अर्को कुरा भगवानलाई पनि सबै सहमत हुँदैनन भने मसँग सबै सहमत हुने त कुरै हुँदैन । २०४६ सालमा जन्मेकाहरु अहिले २६ वर्षका भईसकेका छन् उनिहरु त मेरो विषयमा झन जान्ने कुरै भएन । तर पनि म जनताको वीचमा जाहाँ–जहाँ पुगेको छु जनताबाट मैले माया पाएकै छु । कार्यकर्ताहरुले मलाई विश्वास गरेकै छ । त्यसकारण मलाई के लाग्छ भने जनातले मलाई बुझेका छन्, कार्यकर्ताले मलाई बुझेका छन् ।

० नेपाली काँग्रेसले विपीको चिन्तन छोडेको र निर्णयपक्षमा अडिग नभएकाकारण मुलुकमा कम्यूनिजमको वर्चस्व बढ्दै गएको भन्ने तर्क गरिन्छ नि तपाईको बिचारमा सत्यता के हो ?

यो सत्यकुरा हो । २०१५ सालमा हामीले दुई तिहाई बहुमत ल्याएककै हो । २०४८ को निर्वाचनमा लगभग ४९ प्रतिशत मत हाम्रो आएको थियो भने वामपन्थीको २८ प्रतिशतले मत थियो । त्यसपछिका दिनहरुमा नेपाली काँग्रेसमा देखिएको सत्तामोह तथा आन्तरिक कलह र दुरदर्शीताको अभावले गर्दा मध्यावधी निर्वाचनमा जान वाध्यहुनु प¥यो । मध्यावधी निर्वाचनमा हामीवीचको आन्तरिक कलहका कारण बामपन्थी पक्षलाई लाभ भएको हामीले देखेकै हो । जुन कारणले गर्दा मुलुकमा कम्न्युष्टको वोलवाला बढ्दै गएको देखियो ।

० के यहि कारणले एमाले फुटाउँन भूमिका निर्वाह गर्नु भएको हो ? 

त्यतिबेला मईले एमाले फुटाउँन भूमिका निर्वाह नगरेको आज सुशील, शेरबहादुर र रामचन्द्रजी लगायतका नेताको के हालत हुन्थ्यो आफै  अनुमान लगाउन सकिन्छ । जुनबेला मुलुकमा कम्न्युष्टहरुको बोलवाला बढ्दै उनिहरुको बहुमत थियो । एमाले फुटेको हुनाले नेपाली काँग्रेसलाई त्यसवेला फाइदा रह्यो भन्ने कुरा बुझनु  जरुरी छ ।

० पछिल्लो समय एमाओवादीको भूमिकालाई कसरी हेर्नु  भएको छ . ?

माओवादी ठूला राष्ट्रवादी भए ठूला–ठूला राष्ट्रवादीका नारा दिदे हिंडें पनि द्वन्द्वकालमा अधिकतर घटनाहरु हेर्ने हो भने सबै ठाँउमा राजाले नै बचाएका छन् र पछि माओवादीले पहिला दरबार राजालाई धोखा दिए । त्यतिबेला माओवादीलाई सहयोग गरेर नेपाली काँग्रेसलाई सिध्याउने खेल थियो दरबारको तर अ।ाखिरमा आएर माओवादीले नै धोखा दिए र दरबार आपैm सिद्धियो मेले बुझेको यहि हो । अव पनि माओदीले कुन बहानमामा कसलाई सखाप पार्ने हो त्यो धेरैले बुझेका छन । चाहे त्यो १६ बुँदे सहमतिको नाममा होस वा अरु कुनै बहानामा ।

० फेरि कुरा हिन्दुराष्ट्रकै, काँग्रेस भित्रको महाअभियान भन्दै हिन्दू राष्ट्रको कुरा गर्दै गर्दा संस्थागत रूपमा त कांग्रेसले हिन्दू राष्ट्र अभियानलाई मान्यता दिएको छैन नि होईन?

हो , पार्टीका प्रवक्ता दिलेन्द्र बडूजीले यस्तो अभिव्यक्ति दिएको मैले पनि सुनेँ । केही लाइकमाइन्डेड साथीहरू मिली हामीले व्यक्तिगत स्वतन्त्रताको उपभोग गरेर यो अभियान चलाएका हौँ । त्यस हिसाबले यो व्यक्तिगत नै हो । तर, धर्म्निरपेक्षतामा जाने पनि त पार्टीको निर्णय होइन नि । अहिले सत्तामा जो–जो साथीहरूले जे–जे गरिरहनुभएको छ, पार्टीले कहाँ म्यान्डेट दिएको छ रु त्यसकारण पार्टीले निर्णय गर्ने हो भने महासमितिको बैठक बोलाऔँ न त । हिन्दू राष्ट्रको एजेन्डामा प्रजातान्त्रिक रूपमा पार्टीबाट छिनोफानो गर्न किन हिचकिचाउने ? धर्म्निरपेक्षताका पक्षधर साथीहरू त्यसमा लाग्नुस् । मौन बस्नेहरू आफ्नो विवेक प्रयोग गर्नुस हामी हिन्दू राष्ट्रका पक्षमा लाग्छौँ । प्रजातान्त्रिक अभ्यास गरौँ र निर्णय निकालौँ । कसैले कसैलाई रोक्ने, दबाब दिने भन्ने कुरै छैन नि । त्यस्तै केही साथी जनताको म्यान्डेटको कुरा गरिरहनुभएको छ । त्यसो हो भने जनमतसंग्रह गरौँ । अहिलेको चुनावको नतिजालाई एकपटक हेरौँ न । एमाओवादीले चुनाव जित्यो ? मधेशवादीले चुनाव जित्यो ? जातीय संघीयताको वकालत गर्नेहरूले चुनाव जिते ? उनीहरूले जनताको म्यान्डेट किन नमान्ने ? अहिले म्यान्डेट कांग्रेस र एमालेले पाएका छन् । प्रचण्ड र मधेसवादीले किन पाँचथरबाट द्वन्द्व निम्तिन्छ भन्नुर्पयो ? घोर दक्षिणपन्थी मधेसी र उग्रपन्थी माओवादी कसरी एकठाउँमा आइपुगे भन्ने कुरा नेपाली कांग्रेसका नेता–कार्यकर्ताले बुझ्ने कि नबुझ्ने ? कांग्रेसका नेता–कार्यकर्ताले अब आफूमात्रै केही बन्नका लागि चिन्ता गर्ने कि राष्ट्र र जनताको चिन्ता गर्ने रु मैले यही कुरा राख्दै आएको छु, धेरै साथीहरूको समर्थन छ । प्रस्तुत अन्र्तवार्ता आजको जनमञ्च साप्ताहिकमा पनि प्रकाशित रहेको छ ।