शुक्रबार, बैशाख १४, २०८१

नेपाल सरकारको तर्फबाट प्रस्तुत हुँने पूर्निर्माणको प्रस्तावको आधारमा सहयोग गर्ने भारत सरकार तयार रहेको अवस्था छ

छिमेकी राष्ट्र भारतका लागि नेपाली राजदुत हुनु , दिपकुमार उपाध्याय । लामो समय सम्म आफ्नै छिमेकी मुलुकमा समेत राज्यको प्रतिनिधित्व गरेर प्रतिनिधी पठाउन नसकेको भन्ने आलोचना बढ्दै गइको बेलामा नेपाल र भारतवीचको विधमान कुटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने जिम्मेवारीका साथ उपाध्यायको कार्यकालमा दुई देशवीच कुटनैतिकमात्र होइन राजनैतिक सम्बन्घमा समेत नयाँ आयामको विकाश हुने अपेक्षा गरिएको छ । त्यस्तै राजदुत उपाध्यायले पदिय जिम्मेवारी सम्हालेपछि देखिएको नेपालको विकासमा भारतले देखाएको सदाशयता र स्वयम राजदुत उपाध्यायले यसवीचमा व्यापार व्यवशायमा भारतीय लगानी भित्राउँन थालेको प्रयास मात्र नभएर राजनैतिक भेटवार्ता अहिले कुटनैतिक वृतमा चर्चामा को छ ।
यसवीचमानै राजदूत उपाध्यायले वनबासा–महेन्द्रनगर, बहराइच–नेपालगन्ज,गोरखपुर–भैरहवा, मजफ्फरपुर–वीरगन्ज, पूर्णिया–विराटनगर र सिलिगुडी–काँकरभिट्टा सडकलाई चार ‘लेन’मा रुपान्तरण गर्न भारतका सडक यातायातमन्त्री नीतिन गडकारीमार्फत भारत सरकारलाई गर्नु भएको आग्रह र भारत सरकारको तर्फबाट प्रस्तुत प्रस्ताव लाई सकारात्मक रुपमा ग्रहण गर्नु कुटनैतिक पहलको अर्को महत्वपूर्ण सफलताको रुपमा हेरिहेको छ ।

त्यस्तै उनको कार्यकालमा नेपालले गत बैशाख १२ गते नेपालमा गएको महाविनाशकारी महाभूकम्पको सामाना गर्नुपर्यो । त्यसपछि उनको पहलमा भारत तर्फबाट भएका विभिन्न सहयोग र त्यसमा उनको भूमिका महत्वपूर्ण रहेको छ । यसै प्रसङगमा नयाँदिल्लीस्थित नेपाली दुतावासमा राजदुत उपाध्यायसङग उहाँकै कार्यकक्षमा पत्रकारद्दय श्रीजन झा र योगेन्द्र प्रताप शाहीले  गतसाता गर्नु भएको विस्तृत कुराकानीको साराशं

 ० महामहिमज्यू लगभग चार वर्षको राजदुतविहीनताको अवस्थापछि नेपालको तर्फबाट राजुदुतको जिम्मेवारी ग्रहण गर्नुृ भएको  छ ।  यसैवीच आफ्नै मुलुकले ठूलो विपत्तीको  सामना पनि गर्नु परेको छ कत्तिको  चुनौतिपूर्ण अवस्था  अनुभव  गर्नु भएको छ  ?

छिमेकी राष्ट्र भारतसङगको नेपालको सम्बन्ध आफैमा विगत देखिनै महत्वपूर्ण तथा अर्थपूर्ण रहदै आएको छ । विद्यमान त्यो मित्रवत सम्बन्धलाई राजदुतावास मार्फत समयानुकुल अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्दै दुई देश वीचको सम्बन्धलाई थप मजवुत बनाउँन कुटनैतिक आर्थिक सामाजिक र राजनैतिक प्रयास हुँने गर्छन । तर यस वीचमा विभिन्न कारणवस नेपाल सरकारको तर्फबाट भारतमा लामो समय देखि नेपालको प्रतिनिधि नभएको अवस्थाका कारण सम्बन्घ विस्तारमा केहि तिक्तता महशुस गरिएको अवस्थामा नेपाल सरकारले नेपाली जनता र देशको सेवा गर्ने मौका दिएर मलाई जुन जिम्मेवारी दिएको छ त्यो जिम्मेवारी मेरो लागि अवसर सङगसङगैको चुनौति पनि हो भन्ने मईले बुझेको छु । र यो चुनौति र अवसर दुवैलाई मेरो वुद्धि विवेकले भ्याएसम्म नेपाल र भारतको एतिहासिक सम्बन्धलाई अझ झन प्रगाढ बनाउने प्रयास गर्ने छु । त्यस्तै जहाँसम्म मेरो अनुभवको प्रसङग छ भारतस्थित नेपाली दूतावासमा नेपाल सरकारको प्रमुख प्राथमिकताको विषय हो । किनकी यहि दुतावास मार्फत लगभग ८२ वटा देसका लागि कुटनैतिक कार्य सम्पादन हुँने गर्छ । यसअर्थमा पनि यो दुतावास महत्वपूर्ण रहेको छ ।

Prabin-K2557

० भारतले नेपाललाई हेर्ने दृष्टिकोण त्यति लचिलो छैन भनिन्छ नि, यहाँलाई के लाग्छ ?

त्यस्तो मलाई लाग्दैन । कुनै पनि विषयमा यसो हो भनेर भन्दैगर्दा त्यसको गहिराई मापन हुँनुपर्छ । त्यतिकै सतहमा बसेर कुनैपक्षको पक्षको मुल्याङकन गरिन हुन्न । त्यस्तै नितिगत निणर््ायको हकमा भन्ने भन्ने हो भने नेपालले गरेको निर्णयलाई नीतिगत रुपमा सघाउने नितिनै भारत सरकारको रहेको मईले पाएको छु । तपाई जुनप्रसङग उान गर्नु भएको छ त्यो चर्चा तल्लो स्तरमा हुँने गरेको आँकलन मात्र हो । यर्थाथमा भन्न हो भने नेपालीजनतालाई भारत सरकारले अत्यन्तै स्वाभामानी र सारै मेहनती जनताको प्रारुपमा विश्लेषण गरेको अवस्था छ ।

० नेपालमा आईपरेको विनाशकारी विपदबाट आहत भएका नेपाली जनताको बारेमा सहयोगको लागि यहाँको कस्तो पहल रह्यो त ?

नेपालमा महाभूकम्प गएको केहिसमय पछिनै भारतीय प्रधानमन्त्री मोदीजीले । नेपालमा राष्ट्रपतिसंग कुराकानी गरेपछि प्रधानमन्त्री मोदीजीले मलाई फोन गर्नु भयो । विपद व्यवस्थापनको विषयमा मोदीजीको धेरै राम्रो सोच समझ भएको मैले पाए । उहाँले प्रारम्भिक सूचनाको आधारमा मलाई फोन गरेर भन्नु भयो तपाईहरु नआत्तीनु होला भारत सरकार र यहाँका सम्पूर्ण जनता तपाईहरुका साथमा छन् । नेपालमा भूकम्प गएक��� लगभग तीनचार घण्टा भित्रै नेपालमा उद्धारका र सहयोगका लागि हेलीक्यापटर सहित उद्धार टोली पठाइयो ।
त्यस्तै भारतीय संसदले एक दिनको तलब नेपालका लागि सहयोग भनेर छुट्याएको सूचना दुतावासमा दिईयो ।  त्यतिबेला भारतको बंगाल र विहारमा पनि भूकम्प गएको थियो । त्यहाँ पनि ठूलै धनजनको क्षति भएको अवस्थामा पनि दुतावासको सूचना र समन्वयमा नेपालका लागि भारत सरकार र भारतीय जनताले देखाएको सहयोग र सदाशयता सकारात्मक थियो । नेपाल धर्म संस्कार र सम्पदाले भरिपूर्ण देशहो त्यसलाई कसरी हुन्छ यो विपदको अवस्थाबाट जोगाउनु पर्छ भन्ने भावना भारत सरकार र यहाँका जनताको रहेको अवस्था थियो । त्यस्तै दुतावासकै पहलमा यहाँस्थित स्वेशी तथा विदेशी विभिन्न संघसस्थाको सहकार्यमा विपद्बाट आहत भएका नेपालीहरुका लागि सहयोग जुटाउँने काम भएको थियो ।

० तर भारतीय दुतावास मार्फत बाट पठाएको राहतमा सामाग्री धेरै अनमितता भयो भन्ने चर्चाले अहिले व्यापकता पाएको छ नि के भन्नुहुन्छ ?  

हामीहरुले यहाँबाट राहत स्वरुप पठाएको सहयोगका सामानहरु त्रिपाल लगायतका केही सामाग्री मात्रामा हराएको अवस्था भने पक्कै हो । त्यस विषयमा प्रहरी प्रशासनको खोजविन कार्य जारी नै छ । अनुसन्धानपछि सत्य तथ्य बाहिरआउँने छ । दोषीलाई कार्वाही गरिने नै छ । यसमा कुनै दुई मत छैन ।

पछिल्लो समयमा हामीले भारत सरकारको सहयोगमा लगभग सबै प्रकारका राहतका सामाग्रीहरु ब्ष्च ऋबचनय, च्बष्धिबथ ऋबचनय र भारतीय गृहमन्त्रालयको सहयोगमा ट्रकहरको व्यवस्था गरेर सिधै पठाएका छौ । त्यस्तै यसवीचमा कुनै त्यस्तो अनियमितता वा चलखेल नहोस भनेर विभिन्न कोणबाट हामीले अनुगमन सयन्त्रलाई पनि परिचालन गर्दै प्राप्त सहयोगलाई एकद्दारप्रणालीमा पठाउँन सक्यौ भने अनियमितताको कुनै गुन्जायस रहन्न भन्ने मनन गर्दै सबै सहयोगीहरुलाई सरकारको माध्यमबाट जान अनुरोध गरेका छौ ।

० अहिले सम्म दुतावास मार्फत नेपालमा प्रधानमन्त्री राहत कोषमा कति राहत पठाईसकेको अवस्था छ त ?
दुतावास मार्फत प्रधानमन्त्री राहत कोषमा दश करोड बरावरको जिन्सी र नगद सहयोग पठाईसकेका छौ भने फेरिपनि दुतावासमा विभिन्न संघसस्थबाट प्राप्त लगभग दुइ करोड सहयोग पठाउँने तयारी हुँदै छ ।

० विपदको प्रसङपछि अहिले मुलुकमा राष्ट्रिय सरकारको कुरा चलिरहेको छ तपाई वरिष्ठ राजनितिज्ञ पनि हुनुहँन्छ कसरी हेर्नु भएको छ यो प्रसङगलाई ?
मैले यो विषयमा भन्नुपर्दा म भारतमा नेपाल सरकारको प्रतिनिधित्व गरिरहेको छु । मैले नेपाल सरकारको निर्देशन, नीति, निर्णय स्वीकार गरेर कार्य गर्ने हो । त्यो भन्दा दाँबाँया मैले केही गर्न मिल्दैन । पछिल्लो समयमा मईले काँगेसको साधारण सदस्यमात्र गरि सबै पदबाट राजीनामा दिएर यहाँ आएको हुँ । म अहिले जुन मूमिका निर्वाह गर्दै छु , त्यो भूमिका अन्र्तगत मैले कुनै पनि हालतमा नेपाल सरकारको आदेश नीति, नियम भन्दा बाहिर गएर कार्य गर्न मिल्दैन । तसर्थ यो विषयमा मैले प्रवेश गर्न त्यति उचित नहोला । तर, मलाई के गर्व छ भने नेपालका नेताहरु नेपालराष्ट्र र जनताप्रति जिम्मेवार हुनु पर्छ भन्नेमा छन् । अहिले जनतामा जसरी प्रभाव देखिएको छ नेपालको समस्या नेपालीहरुले नै समाधान गर्नु पर्छ भन्ने छ त्यसमा हामी सबैले टेवा पु¥याउनु पर्छ । यसमा विषयाअन्तर नहोस भन्ने मेरो कामना र चाहना हो

० नेपालमा महाभूकम्पका कारण क्षतिग्रस्त भएका विभिन्न सम्पदाको पुर्ननिमार्णका लागि भारत सरकारको तर्फबाट कुनै त्यस्तो कमिटमेन्ट पाउँनुभएको छ ?

भारतमा एकसेएक धनाड्ये र प्रतिष्ठित घरानाहरु रहेका छन् उहाँहरको फर्मल रिस्पान्सिविलिटि अन्र्तगत दुई प्रतिशत जति रकम पनि यसकोलागि ठूलै सहयोग हुनेछ । त्यसमाथि पनि भारतीय Prabin-K2543प्रधामन्त्री नरेन्द्र मादीज्यूले नेपालमा भूकम्पले विनास पारेका भौतिक धरोहरहरुलाई पुनः निमार्ण गर्ने कार्यमा सहयोग पुग्ने किसिमले छुट्टै बैंक खाता .खोंल्नु भएको छ । यसबाट पनि एक मुष्टरुपमा केहि सहयोग हुन्छ भन्ने मलाई लागेको छ । त्यस्तै यसवीचमा मइले भरतका अर्थमन्त्री अरुण जेट्ली , गृहमन्त्री राजनाथ सिहं लगायतका केन्द्रीय सरकारका मन्त्री लगायतका चर्चित कलाकार अमिताबच्चन सहित थुप्रै उच्च पदस्थ व्यक्तिहरुसंग यसको लगि परामर्श गरिसकेको छु र परामर्शको क्रममा उहाँहरुले नेपाललाई आवश्यक सहयोग गर्ने बचन दिनु भएको छ । समग्रमा भन्ने हो भने नेपाल सरकारको तर्फबाट प्रस्तुत हुँने पूर्निर्माणको प्रस्तावको आधारमा सहयोग गर्ने भारत सरकार रहेको अवस्था छ ।

० भारतमा रहेका वा यहाँ आउने नेपालीहरुले दूतावासबाट सहयोग पाउँन नसकेको चर्चा पनि छ यो विषय के हो ?
राम्रो प्रश्न गर्नुभो । हेर्नुस सबै भन्दा ठूलो कुरा भनेको शोच हो । यदि शोच राम्रो र सकारात्मक भएमा जुनसुकै कुरा पनि साकार गर्न सकिन्छ । त्यस्तै भारतमा सत्तरी लाखको संख्यामा नेपाली र तीन करोडको संख्यामा नेपाली भाषी रहेको भनिएपनि उनिहरु कुन अवस्थामा छन कुनै कुराको यर्थाथ र अधिकारीक आँकडा छैन । यसकालागि सर्व प्रथम राज्यको बजेट खर्च नगरिकन आधिकारिक तथ्याङक सङकलनको लागि मईले पहल सुरु गर्ने तयारी गरेको छु । आधिकारिक तथ्याङक संकलन भइसकेपछि उनिहरुका लागि के गर्न सकिन्छ त्यसको मापन गर्न सकिन्छ । जहाँसम्म सहयोग गर्ननसकेको चर्चा छ त्यो विल्कुल होईन हामीले दुतावासको सम्पर्क आएका नेपालीहरुलाई हरसभव सहयोग गर्ने गरेका छौं ।

० भारतमा शिक्षा औषधी उपचारका लागि आउँने नेपालीलाई विदेशि नागरिक सरह १५ प्रतिशत अतिरिक्त रकम त्यो पनि विदेशि मुद्रामा भूक्तानी गर्नु पर्छ यस्ता यावत विषयहरु छन् यसलाई तपाईले कसरी सम्बोधन गर्दै हुनुहुन्छ त ?

सरकारी क्षेत्रबाट यस्तो अवस्था आएको छैन । तर, निजि क्षेत्रमा यस्ता कुराहरु मैले पनि सुनेको छु । विदेशीको हैसियतमा नेपालीले पनि अतिरिक्त १५्र प्रतिशत रकम त्यो पनि विदेशी मुद्रामा बढी भूक्तानी गर्नु पर्ने योअवस्थाको अन्त्यका लागि दुतावासको तर्फबाट पहल सुरु भइसकेको छ । पछिल्लो क्रममा नेपाली नागरिकहरुलाई यहाँस्थित मेदान्त हस्पिटलमा उपचारार्थ आउँने नेपालीलाई लिइदै आएको थप १५ प्रतिशत शुल्क अस्पतालका प्रमुख डा. नरेश त्रिहानले नलिने प्रतिवद्धता जाहेर गर्नु भएको छ । यस्तै नीजि शिक्षा क्षेत्रका हस्पिटल र शैक्षिक संस्थामा पनि हामी चाडै पहल गर्ने छौ । नेपालमा भारतीय नागरिकहरुलाई हामीले यस्तो विभेद गर्दैनौ भने भारतमा पनि नेपाली नागरिकलाई कुनै विभेद हुनु हुदैन ।

  ० पछिल्ला कार्ययोजनाहरु के छन् ?
नेपालमा हामीले भारतका सीमा देखि लिएर पूर्वपश्चिम राजमार्गसम्म फराकिला सडकहरु बनाउने कार्य भएर लगभग सम्पन्न हुने अवस्थामा छन् । जोगमनि देखि ईटहरी सम्म वनबासा–महेन्द्रनगर, बहराइच–नेपालगन्ज,गोरखपुर–भैरहवा, मजफ्फरपुर–वीरगन्ज, पूर्णिया–विराटनगर र सिलिगुडी–काँकरभिट्टा सडकलाई सडक ठूला र फराकिला बनाउँने कामको अलावा नेपाल भारतको सीमानाबाट भारतीय नेशनल हाईवेसम्म त्यही स्पिडमा सडक निर्माण हुनुपर्छ भनेर हामलिे भनेका छौ । त्यस्तै रेलवे मार्गकोविस्तार लगायतका धेरै विषयमा भारतीय पक्षले पनि यसलाई अत्यन्तै गम्भीर रुपमा स्वीकारेको अवस्था छ । त्यो कार्य सम्पन्न भईसकेपछि पर्यटकहरुका लागि राम्रो हुन्छ र दुबै देशको सेवा सुविधा आदान प्रदानमा पनि सहज हुन्छ ।

नेपालमा सम्पन्न सार्क बैठकको क्रममा भारतीय प्रम नरेन्द्रमोदीले १९५०को सन्धी पुनरावलोकनको जिकिर गर्नु भएको थियो । के हुँदैछ ?

यो विषयमा समतिहरु बनाउँने र त्यहि समितिको सिफारिसमा विस्तृत रुपरेखा सहित कार्य अगाडि बढाउँने कुरा भएको छ । अहिले कोट हाम्रोमा तर बल उहाँहरुसङग छ । छलफकालागि उहाँहरुले तयारी गर्दै गर्दा हामीले पनि हाम्रो तर्फबाट तयारी गर्नुपर्छ । त्यसमाथि पनि भूकम्पका कारण केहिअलमल भएको अवस्था हो । समयसापेक्ष रुपमा यसको समाधान हुँनुपर्छ सत्य भनेको सत्यनै हुन्छ । समानुकुलरुपमा यसको सम्बोधन हुनुपर्छ र हुन्छ पनि ।

० अन्त्यमा ?

म यहा आएको हप्ता दिनमै नेपालमा दैवी विपद आइप-यो । यहा दूतावासमा कार्य गर्ने हामी सबैले नेपालमा आएको दैवी विपदको यो विषम बेलामा राज्यको लागि रातदिन राष्ट्रका लागि कार्य गरेका छौ । त्यस्तै दूतावासले पाएको जिम्मेवारी मध्ये प्रमुख नेपाल भारत मित्रताको सम्बन्धलाई अझ प्रगाढ गर्न, हिजोका दिनमा भएको पूर्वनिर्णयको कार्यान्वयन सहित समस्याको सहि पहिचार गरेर दुई पक्षबाटै समाधान गर्न हामी प्रयासरत रहने नै छ ।  कुनै व्यक्ति अथवा म यो पदमा यहाँ आउदैमा सबै कुरा सम्पन्न हुन्छ भन्ने पनि हदैन । म त एक नेपाल सरकारको प्रतिनिधि हुँ । नेपालको राजदूतावासले के गरिरहेकोछ, नेपाल भारतको सम्बनधमा के प्रगति उन्नति भईरहेको छ भन्ने कुरा बुझ्न म नेपाल र नेपाली जनतालाई आग्रह गर्दै कुनैपनि प्रसगङग यो भएन भन्दै गर्दा त्यस पछाडीका कारण लाई बुझनु अनुरोध गर्दै विपदको यो घडिमा भाईचारा ,सहकार्य सद्भाव र कार्यगत एकता ससहित अगाडी बढ्न सवैलाइ आग्रह गर्नु चाहन्छु ।

 प्रस्तुत अन्र्तवार्ता  आजको जनमञ्च साप्ताहिकमा पनि प्रकाशित रहेको छ ।