शनिबार, बैशाख १५, २०८१

भूकम्पपीडितलाई बैंकमार्फत राहत वितरण गर्ने तयारी अन्तिम चरणमा

काठमाडौ अषाढ २,  महाविनाशकारी भूकम्पपीडितलाई बैंकमार्फत राहत वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले राहत रकम वितरण गर्ने व्यवस्था nepal-rastra-bank_ मिलाउन निर्देशन दिएपछि नेपाल राष्ट्र बैंकले सकेसम्म खातामार्फत विवरणको तयारी गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित रहेको छ ।

सरकारले भूकम्पपीडितका लागि पहिलो चरणमा अस्थायी पुनर्वासका लागि जस्तापाता खरिद गर्न प्रतिपरिवार १५ हजार रुपैयाँ वितरण गरिरहेको छ ।  यसअघि प्रतिमृतक किरिया खर्च ४० हजार रुपैयाँ भने अधिकांश पीडितलाई वितरण गरिएको छ । घर भत्किएकालाई प्रतिघरधुरी दुई लाख रुपैयाँ वितरण गर्ने सरकारको निर्णय छ । सोही रकम बैंकमार्फत वितरण गर्ने तयारी गरिएको हो । वित्तीय सेवाका विभिन्न माध्यम बैंकको शाखा, शाखारहित बैंकिङ , घुम्ती बैंकीङ, , शिविर बैंकिङमार्फत राहत वितरणको व्यवस्था मिलाउन लागिएको नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा प्रवक्ता डा.मिनबहादुर श्रेष्ठले बताए ।