शनिबार, बैशाख ८, २०८१

मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरु, हजारौँ भक्तजन सहभागी

काठमाडौ अषाढ २,  गएराती ११: २३ बाट सुरु भएको मलमासको अवसरमा काठमाडौँको मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा आजदेखि एक महिने मेला सुरु भएको छ title। मलमास अर्थात पुरुषोत्तम महिनाको अवसरमा यस मन्दिरमा मेला लाग्नुको अलावा उपत्यका तथा त्यस आसपास क्षेत्रबाट हजारौँ भक्तजन सहभागी हुने गर्छन् ।

मच्छेनारायण मन्दिरमा नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ ।