शुक्रबार, बैशाख १४, २०८१

मुलुककोे पुनःनिर्माणका लागि राष्ट्रिय सरकारको गठन आवश्यक डा भट्टराई

काठमाडौ वैशाख २६,  व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्दै एमाओवादीका नेता तथा पूर्वप्रम डा बाबुराम भट्टराईले राजनीतिक दलहरूप्रति जनताको टुटेको आस्था baburam-bhattaraiर विश्वासलाई सबैभन्दा पहिले पुनःनिर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

त्यस्तै वरिष्ठ नेता भट्टराईले विपत्तिको बेलामा अभिभावकका रूपमा रहेको राज्य र त्यसलाई सञ्चालन गर्ने राजनीतिक दलप्रति जनताले दुःखेसो पोख्दा त्यसलाई अन्यथा रूपमा हेर्ने र विश्लेषण गर्न नहुने तर्क गर्दै बैशाख १२ को भूकम्प पछिको अहिलेको अवस्था भनेको पुनःनिर्माण नभएर, नवनिर्माणका लागि एउटा महत्वपूर्ण अवसर भएको बताउँदै मुलुककोे पुनःनिर्माणका लागि राष्ट्रिय सरकारको गठनका लागि सोच्नुपर्ने समय आएको बताउँनु भएको छ ।