बिहिबार, बैशाख १३, २०८१

पूर्वप्रम देउवाले गरे राहत तथा उद्धार कार्यमा देखिएको एकताको प्रशंसा

काठमाडौ वैशाख २६,  गत वैशाख १२ गते गएको भूकम्पबाट भएको जनधनको क्षतिका सम्बन्धमा केन्द्रीत रहेर व्यवस्थापिका–संसद् व्यवस्थापिका–संसद्मा सुरु भएको sbdविशेष समयको बैठकमा काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रम शेरबहादुर देउवाले भूकम्पबाट मुलुक अहिले शोकमा डुबेको भए पनि राजनीतिक दलहरूबीच राहत तथा उद्धार कार्यमा अभूतपूर्व एकता देखिएको बताउदै भूकम्पबाट भत्किएका संरचनामा परेका व्यक्तिहरूको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले पु¥याएको योगदानको प्रशंसा गर्नुभएको छ ।

त्यस्तै विशेष समय अन्र्तगतनै राप्रपा संसदीय दलका नेता दीपक बोहराले भूकम्पछि सरकारले उद्धार र राहतका लागि आवश्यक समन्वय गर्न नसकेको आरोप लगाउनुभएको छ भने तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले सरकारले उद्धार र राहतका लागि राजनीतिक दल र सरकारी समयन्त्रलाई ठीक ढङ्गले परिचालन गर्न नसकेको बताउनुभएको थियो ।

त्यसैगरि मजदुर किसान पार्टीका नारायणमान विजुक्छे, नेकपा मालेका सिपी मैनाली, राष्ट्रिय जनमोर्चा नेपालका चित्रबहादुर केसी , सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण, सङ्घीय सद्भावना पार्टीका डा डिम्पलकुमारी झा लगायतले भूकम्पबाट भएको जनधन, राहत, पुर्नवास र पुनःनिर्माणमा केन्द्रित भएर बोल्नु भएको थियो ।