शुक्रबार, बैशाख १४, २०८१

अषाढ मसान्त सम्म नयाँ भवन निर्माणमा प्रतिबन्ध (१६ बुँदे विज्ञप्ति सहित)

काठमाडौं ज्येष्ठ ४,  सरकारले आगामी अक्ष्ँँढ मसान्त सम्म नयाँ भवन निर्माणको अनुमति नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । गत बैशाख १२ गतेको महा भूकम्पका कारण मुलुकमा ठूलो जनधनको क्षति भएपछि भवन आचारसंहिता लागू गर्ने उद्देश्यले आगामी असार मसान्तसम्म नयाँ भवन निर्माणमा प्रतिबन्ध लगाइएको हो ।

 उपप्रधानमन्त्री एवंम सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीप्रकाशमान सिंहले मन्त्रिस्तरीय निर्णयअनुसार सबै नगरपालिका र गाविसलाई भवन निर्माणका लागि अनुमति नदिन निर्देशन दिनुभएको हो ।

त्यस्तै मौजुदा भवन निमार्ण संहिताको प्रभावकारी कार्यान्वयन हुन नसकेको र नियमन निकायबाट पनि भवन आचारसंहिता पालना गराउँने तर्फ खासै पहल नभएका कारण जनधनको ठूलो सामना गर्नुपरेको ठहर सरकारले गरेको छ ।

तर स्थानीय विकास मन्त्रालयद्वारा आज जारी १६ बुँदे विज्ञप्तिमा भवन निर्माणका लागि यसअघि अनुमति पाइसकेकाहरूका हकमा पनि यो निर्देशन लागु हुने उल्लेख गर्दै  भवन आचारसंहितालाई ध्यानमा राखेर भूकम्प प्रतिरोधात्मक दुईतले घर भने बनाउन पाइने विज्ञप्तिमार्फत मन्त्रालयले जनाएको छ ।