बिहिबार, बैशाख १३, २०८१

जनजीवनलाई आतङ्कित पार्ने सामग्री प्रकाशन एवम् प्रसारण गरे कारबाही

कपोलकल्पित र् भ्रामक सामग्रीको विश्वास नगर्न सर्वसाधारणलाइ मन्त्रालयको आग्रह

काठमाडौ ज्येष्ठ ४, सूचना तथा सञ्चार मन्त्रालयले मुलुकमा महाभूकम्पका र पराकम्पनका कारण उत्पन्न असहज परिस्थितीको समयमा ज्योतिषी एवम् भविष्यवेत्ताको IMG_20150316_163818हवाला दिँदै पत्रपत्रिका र सामाजिक सञ्जाल लगायतका माध्यममा प्रकाशित तथा प्रसारित समाचार एवम् सामाग्री आफैमा कपोलकल्पित र् भ्रामक भएको भन्दै त्यस्ता सामग्रीको विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

त्यस्तै मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी यस्तो असहज अवस्थाको समयमा सर्वसाधारणलाई थप पीडा हुने किसिमका अनर्गल समाचार प्रकाशन प्रसारण नगर्न पनि सरोकारवाला सङघसस्था तथा समाचारमाध्यम सहित सम्बन्धित सबैलाई आग्रह गरेको छ ।  त्यस्तै मन्त्रालयद्दारा जारी विज्ञप्तिमा जनजीवनलाई आतङ्कित पार्ने त्यस्ता सामग्री प्रकाशन एवम् प्रसारण भए वा गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयलाई समेत अनुरोध गरेको उल्लेख रहेको छ ।