शुक्रबार, बैशाख १४, २०८१

मच्छिन्द्रनाथको भोटो सहितका बहुमूल्य सामाग्री भेटियो

ललितपुर ज्येष्ठ ५, गत वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको बुङ्मतीमा अवस्थित रातो मच्छिन्द्रनाथको भोटो मन्दिरको भग्नावशेषमा पुरिएको रातो मच्छिन्द्रनाथको images (1)भोटो लगायतका देवीदेवताका गरगहना सोमवारको उत्खननमा फेलापरेको छ ।

दुई साताको प्रयासपछि नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले भूकम्पबाट बुङमतीस्थित रातो मछिन्द्रनाथको मन्दिर भत्किई भग्नावशेषमा पुरिई हराइरहेको रातो मछिन्द्रनाथको भोटो राखेको ढुकुटी   पारेको हो।

भोटोलगायत मन्दिरका गरगहना फेला परेको गुठी संस्थानका प्रमुख रुद्रनाथ अधिकारीलाई उदृत गर्दै प्राप्त समाचारमा   उक्त  ढुकुटी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यको उपस्थितिमा पुरातत्व विभागका प्रमुख, नेपाली सेनाको आर्टिलरी निर्देशनालयका निर्देशक सहायक रथी गङ्गाबहादुर गुरुङ, भग्नावशेष व्यवस्थापन संयुक्त कार्यदलका सहायकरथी देवकुमार सुवेदीलगायतको रोहबरमा  खोली भित्र रहेको भोटो राखिएको थैलो बाँधिएको अवस्थामा यकिन गरी गुठी संस्थानलाई बुझाइएको  उल्लेख गरिएको छ ।