शनिबार, बैशाख १५, २०८१

बाह्रवर्षे मेला: मछिन्द्रनाथको रथ जात्रा सुरू

ललितपुर वैशाख१० ,  वर्षा र सहकालको देवताका रुपमा मानिने रातो मछिन्द्रनाथको बाह्र वर्षे रथ जात्राका लागि बुङ्मतिबाट बुधवार रथ जात्रा सुरु गरिएकोछ । यस वर्ष बाह्र वर्षको मेला परेकाले विशेष पूजाआजा गरी स्थानीय बासिन्दा, पूजारी रथ निर्माणकर्मी र पानेजु गरी करिब तीन हजार मानिसको सहभागितामा बुङमतिबाटै रथ यात्रा सुरू गरिएको हो ।