शुक्रबार, चैत्र १६, २०८०

गणेशकुमारको हत्यामा कारबाही प्रक्रिया अगाडि बढाउन अदालतको आदेश

काठमाडौं बैशााख १०, पुनरावेदन अदालत जनकपुरले रामेछापका गणेशकुमार श्रेष्ठको घटनामा अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको छ ।

timthumb१२ वर्षअघि श्रेष्ठ दाजुभाइको हत्याका सङ्लग्न पूर्व एमाओवादीसभासद् बालकृष्ण ढुङ्गेललगायत विरुद्ध दायर गरिएको किटानी जाहेरीमा यति लामो समय बितिसक्दा पनि प्रहरीले कारबाही प्रक्रिया अगाडि नबढाएपछि गणेशकुमारका छोरा विजय श्रेष्ठले एड्भोकेसी फोरमको कानुनी  सहायतामा गत फागुन ६ गते पुनरावेदन अदालतमा दयर रिटमा बुधवार अदालतका मुख्य न्यायाधिश पुरुषोत्तम भण्डारी र मेघनाथ भट्टराईको संयुक्त इजलासले गणेशकुमारको हत्याको मुद्दामा छ महिनाभित्र अनुसन्धान पूरा गरी दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

२०५५ साल असार १० गते ओखलढुंगामा भाइ उज्जनकुमार श्रेष्ठको हत्या भएपछि प्रहरीमा न्याय माग्न पुगेका गणेशकुमार श्रेष्ठलाई २०५९ साल मंसिर ६ गते खेतमा काम गरिरहेको अबस्थामा रामेछापको साँघुटारमा छोरीकै आँखा अगाडि गोली हानी हत्या गरिएको थियो ।