शनिबार, बैशाख १५, २०८१

प्रम कोइराला आज इन्डोनेसियामा जाँदै ,को-को जाँदै छन इन्डोनेसिया ?

काठमाडौ वैशाख ७, प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियामा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ तथा नयाँ एसियाली–अफ्रिकी 10470637_10205855756340617_5488658304624433879_nरणनीतिक साझेदारी (नास्प) को १० आँै सम्मेलनमा भागलिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आज अपराह्न इन्डोनेसियामा जानुहुने भएको छ ।
सम्मेलनमा ‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’’ भन्ने नाराका साथ नास्पको सम्मेलन जाकर्तामा वैशाख ९ र १० गते आयोजना हुँदैछ भने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ बार्षिकोत्सव वाङ्डुङ शहरमा वैशाख ११ गते आयोजना हुनेछ ।

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री कोइरालाका साथमा परराष्ट्रमन्त्री पाण्डे, प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई, संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका कामु सचिव बैरागी, प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक प्रा डा करविरनाथ योगी, परराष्ट्र मन्त्रालयका सहसचिव ताराप्रसाद पोखरेल, शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइराला, परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर कार्कीलगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाउँएको छ ।

साथै प्रधानमन्त्री कोइरालाले वैशाख १० गते सम्पन्न हुने सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सो दिन पनि प्रधानमन्त्री कोइरालाले सम्मेलनमा सहभागी हुन आउनु भएका आफ्ना समकक्षीहरूसङग भेटघाट गर्नुहुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।