शनिबार, बैशाख ८, २०८१

संविधानसभा बैठक:शोक प्रस्ताव पारित गर्दै स्थगन,अर्को बैठक १० गते

काठमाडौ वैशाख ६ , संविधानसभाको आजको बैठकको प्रारम्भ गर्दै सभाध्यक्ष सुवास नेम्वाङले प्रस्तुत गर्नु भएको शोक प्रस्ताव पारित गर्दै आगामी वैशाख dd8009e0ed9669183aa8f3b1141963d9१० गते बिहीबार अपराह्न ३ बजे बस्ने गरि बैठक स्थगन गरिएको छ । सभाध्यक्ष नेम्वाङले पूर्व प्रधानमन्त्री एवम् सभासद् सूर्यबहादुर थापाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

संविधानसभाको बैठकमा शोक प्रस्तावमा २०१५ सालको सल्लाहकार सभाका अध्यक्ष तथा २०२१, २०२३, २०३८, २०५४ र २०६० समेत गरी पाँचपटक नेपालको प्रधानमन्त्री हुनुभएका  नेता सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा यही वैशाख २ गते असामयिक निधन भएकामा गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको उल्लख गरिएको छ ।