शनिबार, बैशाख १५, २०८१

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाद्दारा देशव्यापी आम हडतालको घोषणा

काठमाडौ चैत्र १,  एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले सहमतिमा संविधान निर्माणका लागि दबाब दिन भन्दै यही चैत्र २४–२६ गतेसम्म देशव्यापी आम हडताल गर्ने घोषणा गरेको छ ।  यसअघि आजै संविधान निर्माण सहमति खोज्न सत्तारुढदलको तर्फबाट प्रधानमन्त्री सुशील कोइराला विपक्षी मोर्चाका तर्फबाट संयोजकको भूमिका सहित एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको वार्ता सकारात्मक भएपनि शान्ति सम्झौताका सहयात्री र prachanda4आन्दोलनरत सहयात्री दलहरूबीचको सहमतिबाट मात्र संविधान बनाइन्छ भन्ने सुनिश्चतता नभएकाले वार्ता सङगै आन्दोलन पनि अघि लैजाने बताउँनु भएको थियो ।

त्यसपछि एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाको आज सिंहदरबारमा बसेको बैठकले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो। बैठकपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मोर्चाका संयोजकसमेत रहनुभएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा एमाले सहमतिका लागि गम्भीर नभएको आरोप सहित सत्तापक्षले जनआन्दोलन एवम् शान्ति सम्झौताका निर्देशनलाई अवज्ञा गर्दै बहुमतीय प्रक्रिया सुरु गरेपछि सहमतिका आधारमा संविधान निर्माणका लागि आन्दोलनमा जानु परेको बताउँनु भएको थिये।

मोर्चाले आज सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा चैत्र ५ गते सबै जिल्लामा ३० दलीय गठबन्धनको आन्दोलन तयारी बडक बस्दै ८ गते सबै जिल्लामा सहमतिमा संविधान निर्माणमा जोड दिंदै महिलामाथिको हिंसा, महङ्गी, कालो बजारी, विद्युत्भार कटौती तथा भ्रष्टाचारलगायतका विषयमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

त्यस्तै चैत्र ११ देखि प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा प्रदर्शन, बहिष्कार एवं अवरोध गर्ने, चैत्र १५ गते सबै जिल्ला सदरमुकाममा लाठी जुलुस गर्ने र चैत्र १६ देखि १८ गतेसम्म जिल्ला प्रशासन कार्यालयलगायत सरकारी कार्यालय घेराउ गर्ने  र चैत्र १८ गते बेलुकी मसाल जुलुस चैत्र १९ गते देशव्यापी आम हडताल, चैत्र २० गतेदेखि २३ गतेसम्म सरकारी कार्यालयहरु बन्द गर्ने, नाकाबन्दी गर्ने, राजस्व कर असुली रोक्कालगायतका कार्य गर्ने, चैत्र २३ गते साँझ मसाल जुलुस गर्ने र चैत्र २४ गतेदेखि २६ सम्म देशव्यापी आम हडताल गर्ने निर्णय गरेको छ ।