बिहिबार, बैशाख १३, २०८१

रानीबारी हत्याकाण्डका दुई आरोपी पक्राउ

काठमाडौं चैत्र १ ,  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १२ बर्ष अघि भएको रानीबारी हत्याकाण्डको दुई अभियुक्तलाई पक्राउ गरेको छ । राजधानीको रानीबारीमा १२ बर्ष अघि भएको दम्पत्ति हत्या काण्ड प्रहरीले सुल्झाएको हो । २०५९ असार ३१ मा रानीबारस्थित एक घरमा ईन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नि अञ्जलीको खुकुरी प्रहार गरी हत्या गर्ने दुई आरोपीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेकोे छ ।

यसरी पक्राउपर्नेमा दोलखा जिल्ला खारे गाविस घर भई हाल काठमाडौँ सामाखुशी टाउन प्लानिङमा बसी सालसा डान्स बार सञ्चालन गर्ने ३० वर्षीय मनराज गुरुङ र रामेछाप फुलासी घर भई हाल जोरपाटी टाउन प्लानिङ बसी एम्पिज क्याफे सञ्चालन गर्दै आएका ३२ वर्षका प्रमेश चौहान रहेका छन् ।

हत्यकाण्डका सवालमा विभिन्न अनुसन्धान प्रतिवेदन तयार भएपनि कुनै प्रगति हुन नसकेपछि अनुसन्धान बन्द भएकामा गत असोजदेखि केन्द्रीय अनुसन्धान ब्युरोले अपरेशन साइलेन्स सर्च’ नाम दिएर पुनः अनुसन्धान सुरु गरेको थियो ।  त्यस्तै ब्युरोले ६ लाख रुपैंयामा कोही तेस्रो ब्यक्तिले खडकालाई मार्ने योजना बनाएको र त्यो योजना बनाउँने व्यक्ति हाल विदेशमा रहेको बताउँदै अनुसन्धान पूरा भएपछि उसलाई नेपाल झिकाइने ब्युरोले जनाएको छ । फोटो : Nepal Police facebook page