शनिबार, बैशाख १५, २०८१

नेपाल बारको १३ औ राष्ट्रिय सम्मेलन चैत ५ देखि ७ सम्म

काठमाडौ चैत्र २ ,  नेपाल बार एसोसिएसनले अगामी चैत ५ देखि ७ सम्म सङघीय लोकतान्त्रिक गणतन्त्रको निरन्तरता, स्वतन्त्र न्यायपालिका र आर्थिक विकासका लागि buildingपेसागत दक्षता भन्ने मूल नाराका साथ १३ औ राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।

प्रस्तावित सम्मेलनले संवैधानिक कानुन र संविधानका अन्तरवस्तु, न्यायपालिकारकानुन व्यवसाय र कानुनी सहायता, मानव अधिका र शान्तिप्रक्रिया र महिला बालबालिका तथा सीमान्तकृत समुदाय, फौजदारी र देवानी कानुन तथा प्रस्तावित संहिताका विषय र सुशासन, आर्थिक विकास, वाणिज्य कानुन तथा वातावरण कानुनसहितका पाँच समूहमा विभाजित ९२ कार्यपत्रमा छलफल गरी चितवन घोषणापत्र जारी गरिनेछ ।

राष्ट्रपति रामवरण यादवले उद्घाटन गर्ने सम्मेलनमा प्रधानमन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश रामकुमारप्रसाद शाह, सभामुख सुवास नेम्वाङ, व्यवस्थापिका९संसदका प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाललगायत उपस्थित हुने नेपाल वारले जनाएको छ।