काठमाडौं फागुन २६, सहकालका देवताका रूपमा मानिने करिब एक हजार ६०० वर्ष पुरानो मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका
भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुजिन्छ ।
मत्स्येन्द्रनाथलाई नाथ सम्प्रदायका प्रमुख देवता भनिए पनि यिनी सबै धर्मावलम्बीद्वारा समान रूपले पूजित रही एउटै परब्रहृमाको रूपमा मानिएका छन्। उक्त कुरा नेपाल संवत् ७९२को सुवर्णपत्रमा नेपालका प्रख्यात कणरट राजा श्री श्रीनिवास मल्लद्वारा ललितपुर बु·मती स्थित मत्स्येन्द्रनाथ मन्दिरको प्रवेशद्वारमा प्रतिस्थापित भएबाट प्रष्ट हुन्छ। यिनको उल्लेख ई।सं। १०१५को अभिनवगुप्तकृत तन्त्रालोकमा तन्मे स मच्छेन्द्रविभूूको रूपमा मत्स्येन्द्रनाथको बारेमा वर्णन पाइन्छ। पर्वतिया वंशावलीमा पनि अनावृष्टिको कारण मत्स्येन्द्रनाथ कामरूपमा अवस्थित भएको कुरा स्पष्ट रूपले उल्लेखित छ।
नेपालमा रातो मत्स्येन्द्रनाथबाहेक लिच्छवीकालीन र मल्लकालीन समयमा स्थापित भएका अन्य चारवटा मत्स्येन्द्रनाथका मूर्ति र मन्दिरहरू रहेका छन्। त्यस अन्तर्गत काठमाडौंको सेतो मत्स्येन्द्रनाथ, नालाको सेतो मत्स्येन्द्रनाथ हुन्। त्यस्तै रातो मत्स्येन्द्रनाथमा पाटन, दोलखा र किर्तीपुर चोभारको मत्स्येन्द्रनाथ पर्दछन्। पाटन दोलखा र काठमाडौंका मत्स्येन्द्रनाथहरूलाई परम्परागत रूपमा रथमा विराजमान गराइ सहर परिक्रमा गराउने गर्दछन्। नालाको करुणामयको रथयात्रा ४/५ दशक अघिसम्म विद्यमान नै रहे पनि अहिले भने रथयात्रा बन्द रिखटजात्र गरिने गरेको छ। छ। चोभारको रथयनत्रा गराइँदैन। अन्य मत्स्येन्द्रनाथको दाँजोमा पाटनको मत्स्येन्द्रनाथको १२ वर्षे जात्रा गरिने हुनाले यो जात्राले आधिकारिकता प्राप्त गरेको छ। नेपाली विकिपीडियाबाट