बुधबार, अशोज १७, २०८०

मुस्ताङ गुम्बाबाट जुवा खेल्दै गरेको अवस्थामा ३० जना जुवाडे पक्राउ

काठमाडौ फागन २६,  महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौ महानगरपालिका वडा न.१५ स्वयम्भूस्थित मुस्ताङ गुम्बाबाट गैरकानुनीरुपमा जुवा खेल्ने र Juwa_Tas_Casino_ खेलाउने कार्यमा सहभागी ३० जनालाई सोमवार पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखा हनुमानढोकाले गोप्य सूचनाका आधारमा उक्त स्थानमा खानतलासी गर्दा छ महिला र २४ पुरुष एउटै स्थानमा चार खाल बनाई क्यासिनो जस्तो गरी जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

अभियुक्तबाट रु १२ लाख १२ हजार ३७०, १३ थान तासलगात बरामद गरिएको र तिनलाई जुवा ऐनअन्र्तगत आवश्यक कारबाही गरिने महाशाखाले जनाएको छ । पक्राउ पर्नेहरु अधिकांश काठमाडौं र ललितपुर निवासी रहेका छन् । महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा वाङगेल नोर्डन, सुनिला घिमिरे, डोल्मा भन्ने लाक्पा गुरुङ, तेन्जिङ वान्सी, केसाङ वाङज्याल, आई लामा भन्ने थुप्तेन, छ्योदक लामा र लामाछ्याप्पा लामासहित ३० जना रहेका छन् ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728