शनिबार, बैशाख १५, २०८१

सुपरभाइजर श्रेष्ठ विरुद्ध मुद्दा दायर

काठमाडौ फागुन २५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको घुम्ती टोलीले थ्री फेज मिटर जडान गर्ने क्रममा सेवाग्राहीसङग घुस लिँदैगर्दाको अवस्थामा पक्राउ गरेका  नेपाल विद्युत् प्राधिकरणका एक सुपरभाइजर दिनेश श्रेष्ठ विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

आयोगद्दारा विज्ञप्तिमा उल्लेख भएअनुसार प्राधिकरण कावासोती वितरण केन्द्रका सुपरभाइजर श्रेष्ठले सेवाग्राही गोपी शर्मासङग थ्री फेज मिटर जडान गर्नका लागि रु १० हजार आवश्यक पर्ने भन्दै घुस लिएका थिए । आयोगले अभियुक्त श्रेष्ठलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।