शुक्रबार, बैशाख १४, २०८१

सिभिल अस्पतालमा पत्रकार कोटाको व्यवस्था मिलाउँने मन्त्री पण्डितको आश्वासन

काठमाडौ फागुन २९,  इन्द्रेणी राष्ट्रिय साप्ताहिकको २६ औँ वार्षिकोत्सव तथा ‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ वितरण कार्यक्रमको आज राजधानीमा उद्घाटन गर्दै 12 13सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रशासनको क्षेत्रमा धेरै काम गर्न नसके पनि आफूले सक्दो सुधार गर्ने प्रयत्न गरिरहेको बताउनुभएको छ । त्यस्तै मन्त्री पण्डितले सिभिल अस्पतालमा पत्रकारको उपचारका लागि सहयोग पुग्ने गरी आफूले छिटै प्रयत्न गर्ने आश्वासन दिदै पत्रकारिता पेसा कठिन, विगतमा झन् कठिन रहेको भन्दै भविष्यमा सरल हुने विश्वासका साथ अघि बढ्नुपर्ने बताउँदै ‘ईश्वरमान स्मृति सिर्जनशील’ पुरस्कारद्वारा साहित्यकार गणेश रसिकलाई रु ११ हजार १११ र सम्मानपत्रबाट सम्मानीत गर्नु भएको थियो ।

कार्यक्रममा पत्रपत्रिका मञ्चका अध्यक्ष देवेन्द्र चुडालले सिभिल अस्पतालमा पत्रकारलाई उपचार गर्न ५० प्रतिशत निःशुल्क गर्नुका साथै दुई शैयाको व्यवस्था गर्नुपर्ने माग गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा सभासदद्धय ध्यानगोविन्द रञ्जीत चित्र बहादर केसी , पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष गोविन्द चौलागाँई ,प्रेस काउन्सिलका अध्यक्ष वोर्ण बहादुर कार्की, नेपाल प्रेस युनियनका उपाध्यक्ष् वाला अधिकारीलगायतका वक्ताहरुले बोल्नुभएको थियो ।