शुक्रबार, बैशाख ७, २०८१

पत्रकार महासङ्घ पदाधिकारीबीच विशेष भेटवार्ता,व्यावसायिक पत्रकारिताका लागि एनआरएन सहकार्य गरिने 

काठमाडौ फागुन २७ , नेपाल पत्रकार महासङ्घका पदाधिकारी र एनआरएनका अध्यक्ष शेष घले नेतृत्वको प्रतिनिधिमन्डलवीच विशेष भेटवार्ता भएको छ । सञ्चारग्रामस्थित महासङ्घको कार्यालयमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टसहितका पदाधिकारीसङग भएको उक्त भेटवार्ताको क्रममा नेपाली पत्रकारिताको समसामयिक विषय, व्यावसायिक पत्रकारितालाई प्रभावकारी बनाउन दुई संस्थाबीच के–कस्ता विषयमा कसरी साझेदारीकासाथ अघि बढ्ने भन्ने प्रसङगमा विशेष कुराकानी भएको महासङ्घद्दारा जारी प्रेसविज्ञप्तिमा उल्लेख रहको छ ।

त्यस्तै एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालमा अहिले पत्रकारिताको स्तर निकै माथि उठेकोमा आफूलाई खुसी लागेको भन्दै सङ्ख्यात्मक विकाससँगै गुणस्तरीयतालाई पनि ध्यान दिनुपर्ने सुझाव दिदै प्रत्येक नेपालीको सपना समृद्ध नेपाल रहेको र देशमा शान्ति, सुरक्षा र बेरोजगारीको अन्त्य भएमात्र आर्थिक समृद्धि हासिल हुने भन्दै देश र समाजका जल्दाबल्दा तथा विकासशील विषयलाई मिडियाले प्रभावकारी ढङ्गले उठान गर्नुपर्नेमा जोड दिनुभयो । एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेले पत्रकारिताको व्यावसायिक विकास र क्षमता अभिवृद्धिका लागि महासङ्घसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभएको थियो ।

त्यस्तै विज्ञप्तिमा एनआरएन प्रतिनिधिमन्डलले नेपाली पत्रकारिताको स्तर निकै माथि उठेको र आफ्ना गतिविधिलाई नेपाली संचार माध्यमले गरेको सहयोगप्रति आभार प्रकट गर्दै महासङ्घसँग व्यावसायिक साझेदारी गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको उक्त भेटवार्तामा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले एनआरएनएका पदाधिकारीसहितको टिमलाई स्वागत सहित नेपालमा सञ्चालित मिडिया बारे जानकारी गराउँदै नेपालको समग्र पत्रकारिताको अवस्थाबारे जानकारी गराउँदै व्यावसायिक पत्रकारिताका लागि महासङ्घ एनआरएनसँग साझेदारी गरेर अघि बढ्न तयार रहेको बताउनुभएको थियो ।

उक्त विशेष भेटवाता एनआरएनएका उपाध्यक्ष टीबी कार्की, मध्यपूर्व संयोजक चन्द्र रोका, पूर्व प्रवक्ता डा. जुगत भूर्तेल लगायत विभिन्न देशका प्रतिनिधिको सहभागी थियो । नेपाल पत्रकार महासंघ युके शाखाका तर्फबाट अध्यक्ष चिरन शर्माले संयोजन गरेको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष सुरेश आचार्य, उपाध्यक्ष अनिता बिन्दु, महासचिव उजिर मगर, सचिवहरू प्रभात चलाउने, संगीता खड्का र धर्मेन्द्र कर्ण, कोषाध्यक्ष सूर्यमणि गौतम, लेखा समितिका संयोजक दीपक पाण्डे र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728