शुक्रबार, बैशाख १४, २०८१

पत्रकार महासङघ काठमाडौंले अनलाइन न्यूज पोर्टल वर्गीकरणका लागि पहल थाल्ने

काठमाडौं फागुन ३०,  नेपाल पत्रकार महासङघ काठमाडौको आज सम्पन्न वैठकले पत्रपत्रिकाको वर्गीकरण तथा अनलाइन न्यूज पोर्टलहरुको दर्ता÷वर्गीकरण लगायतका 10325187_1437620813154855_6383912997256091474_nविषयमा प्रेस काउन्सिल लगायतका सरोकारवाला निकायसङग परामर्श सहितको पहल गर्ने, शाखा आवद्ध सदस्यहरुको सदस्यता नवीकरणलगायतका ६ बुँदें निर्णय गरेको छ ।

त्यस्तै बैठकले सुचनाको हक कार्यान्ववयनको अवस्था र पत्रकारहरुको भूमिका तथा महिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि निकट दिनमै अन्र्तक्रिया, तालिम लगायतका कार्यक्रम आयोजना गर्ने निर्णय सहित केहि समय अगाडि अर्वुद्ध रोगका कारण निधन भएका शाखाका सधारण सदस्य शम्भु खनालको परिवारलाई शाखाकै सदस्यहरुवाट सङकलन गरिएको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय  गरेको शाखा सचिव रामकृष्ण अधिकारीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा उल्लेख भएका वैठकका निर्णयहरु 
१) क्यान्सर रोगका कारण मृत्यु हुनुभएका यस शाखाका साधारण सदस्य शम्भु खनालको परिवारलाई शाखाकै सदस्यहरुवाट संकलन गरिएको आर्थिक रकम औपचारिक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गर्ने निर्णय वैठकले गरेको छ ।

२) सुचनाको हक, कार्यान्ववयनको अवस्था र पत्रकारहरुको भूमिका तथा महिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि निकट दिनमै अन्र्तक्रिया, तालिम लगायतका कार्यक्रम आयोजना गर्ने निर्णय वैठकले लिएको छ । त्यसका लागि आवश्यक संयोजनकारी भूमिका निर्वाह गर्न अध्यक्ष गोविन्द प्रसाद चौलागाईलाई जिम्मा दिने निर्णय वैठकले गरेको छ ।

३) आगामी साताभित्रै कार्यालयलाई प्रभावकारी रुपमा ब्यवस्थापन गर्ने निर्णय लिईएको छ । लामो समयदेखि भृकुटीमण्डपमा रहेको कार्यालयको भाडा सम्वन्धित समाजकल्याण परिषदलाई नतिरिएको हुँदा उत्पन्न समस्याको समाधानका लागि महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयसङग समन्वयकारी भूमिका निर्वाह गर्न सचिव रामकृष्ण अधिकारीलाई जिम्मा दिने निर्णय वैठकले गरेको छ ।

४) पत्रपत्रिकाको वर्गीकरण तथा अनलाइन न्यूज पोर्टलहरुको दर्ता÷वर्गीकरण लगायतका विषयमा उठेका समस्याहरुको विषयमा प्रेस काउन्सिलसङग परामर्श गर्न उपाध्यक्ष श्रीजन झालाई जिम्मा दिने निर्णय वैठकले गरेको छ ।

५) सदस्यता नविकरण गर्नका लागि शाखामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई आहवान गर्ने निर्णय वैठकले गरेको छ । साथैं शाखामा आवद्ध सदस्य कार्यारत सञ्चार सस्थामार्फत नविकरणका लागि अनुरोध सहितको सुचना प्रकाशित÷प्रसारित गराईदिन आग्रह् गर्ने निर्णय वैठकले गरेको छ । नवीकरणका लागि निम्न अनुसारको प्रक्रिया पूरा गर्नुपर्ने ब्यवस्था वैठकले गरेको छ ।

क) सदस्यता नवीकरणका लागि आफु कार्यरत सस्थाको सिफारिस पत्र अनिवार्य रुपमा वुझाउनुपर्ने छ ।
ख) सदस्यता नवीकरणका लागि यस शाखाको वागवजारस्थित कृषि विकास वैंकमा रहेको खाता नम्वर ७९३४८३ मा रु ६ सय जम्मा गरेको वैक भौचर अनिवार्य रुपमा संग्लन्न गराउनु पर्नेछ ।
ग) नवीकरण गर्दा यस शाखाले तयार पारेको पत्रकार ब्यक्तिगत फारम अनिवार्य रुपमा भर्न पर्नेछ । फारम भर्दा एकप्रति फोटो अनिवार्य गरिएको छ ।

६) हिन्दु साप्ताहिकका प्रधानसम्पादक पवन थापा ‘कुन्तल’ नसा सम्वन्धि रोगका कारण गम्भिर विरामी हुनुभएकोले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना वैठकले गरेको छ । साथैं, थप उपचारका लागि आवश्यक खर्च उपलब्ध गराईदिन महासङघ केन्द्रसङग आग्रह गर्ने निर्णय वैठकले गरेको छ ।