शनिबार, बैशाख १५, २०८१

यस्तो छ वर्ष २०७२ को सार्वजनिक विदा विवरण

काठमाडौं फागुन २२ ,  सरकारले वर्ष २०७२ सालमा पर्ने विदा र कार्यालय समय सम्बन्धी जानकारी सार्वजनिक गरेको छ । नेपाल राजपत्रमा प्रकाशित गरेर सार्वजनिक, पर्व imagesएवं सट्टा विदा र कार्यालय समय निर्धारणबारेको जानकारी सार्वजनिक गरिएको हो । गृह मन्त्रालयका अनुसार २०७२ सालमा ५२ दिन शनिबार परेको छ ।

शनिबार नै केही सार्वजनिक विदा खप्टिएका छन् । रक्षाबन्धन अर्थात जनै पूर्णिमा भदौ १२ गते शनिबार परेको छ । यस्तै भदौ १९ गते शनिबारको दिन कृष्णाष्टमी र गौरा पर्व परेको छ । अर्को वर्ष माघ १६ गते शहिद दिवस पनि शनिबार नै परेको छ ।

सरकारले सार्वजनिक गरेको जानकारी अनुसार सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय सम्बन्धी विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।