शुक्रबार, चैत्र १६, २०८०

शनिबार सत्तारुढदल र विपक्षी मोर्चाबीच औपचारिक वार्ता हुँने

प्रधानमन्त्री  कोइराला र अध्यक्ष प्रचण्डवीच आज विशेष छलफल:

काठमाडौ फागुन २२,  प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डवीच प्रधानमन्त्री निवास बालुवाटारमा आज विशेष छलफल भएको छ । downloadआजको छलफलमा उहाँहरुवीच सहमतिका आधारमा संविधान निर्माण प्रक्रिया सुरुगर्ने रदलहरवीच विद्यमान ंवाद हिनताको वातावरणलाई अन्त्य गर्नेमा केन्द्रीत रहेको बुझिएको छ ।

त्यस्तै आज भएको शिर्षयि दुईनेताको छलफललाई आधार मान्दै शनिबार बिहान सत्तारुढ दल र विपक्षी मोर्चाको बीचमा संविधान निर्माणका विषयमा साझा धारणा बनाउनका लागि छलफल गर्ने सहमति भएको छ । बहुमतीय प्रक्रिया खारेजीको माग गर्दै आएको एमाओवादी मोर्चा र सहमति हुन नसके बहुमतीय प्रक्रियाका आधारमा अगाडि बढ्ने भन्ने सत्तारुढ दलबीच सहमति हुन नसक्दा लामो समयसम्म दलबीच सार्थक संवाद हुन सकेको थिएन ।