शनिबार, बैशाख ८, २०८१

बलिदानी अभियान आज पाल्पा प्रवेश गर्दै

काठमाडौं फागुन २२ ,  काँग्रेसको केन्द्रिय निति तथा प्रशिक्षण प्रतिष्ठानले संचालन गरेको गणेशमान बलिदानी अभियान आज पाल्पा जिल्ला प्रवेश गर्ने भएको छ ।
Ganesh_man_singh_1993अहिले स्याङजाको गल्याङ बजारमा रहेको अभियानको टोली अहिले केहीवेरमा राम्दी तर्फ प्रस्थान गर्ने भएको छ । राम्दीमा संयुक्त सभा गरेर अभियानको टोली पाल्पा प्रस्थान गर्ने अभियानमा सहभागी नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनु भएको छ ।

टोली आज पाल्पाको दर्लमडाडा, चापपानी, गोर्खेकोट, मिसन हस्पीटल हुदै पाल्पाको सदरमुकाम तानसेन पुग्ने भएको छ । आज तानसेनमा वास बस्ने टोलीले तानसेनमा बलिदानी सभा समेत गर्ने भएको छ । जहानीया राणा शासनविरुद्ध लाग्दा सिंहलाई थुनिएको भद्रगोल जेलबाट सुरक्षा घेरा तोड्दै भारत प्रस्थान गर्ने क्रममा उहाँ हिड्नुभएका ठाउहरु पछ्याउँदै अभियान संचालन गरिएको प्रतिष्ठानका प्रमुख तथा काँग्रेसका उपसभापति पौडेलले जानकारी दिनुभयो । जनआन्दोलनका कमाण्डार तथा नेपाली काँग्रेसका सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा प्रतिष्ठानले ‘गणेशमान बलिदान अभियान’ सञ्चालन गरेको हो । – जिवन भण्डारी