शुक्रबार, बैशाख १४, २०८१

महासङ्घ काठमाडौंले रक्तदान कार्यक्रमको आयोजना गर्ने

काठमाडौं चैत्र ११, नेपाल पत्रकार महासङ्घको ६०औँ स्थापना दिवसको अवसरमा केन्द्रीय निर्देशन अनुरुप पत्रकार महासङ्घ काठमाडौं शाखाले आगामी FNJ_logo2चैत १५ गते बिहान ८ बजे देखि शाखा कार्यालय परिसर भृकुटीमण्डपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

काठमाडौं पत्रकार महासङ्घ शाखाको आज बसेको सचिवालय बैठकले प्रस्तुत रक्तदान कार्यक्रम आयोजनार्थ कार्यविभाजन गर्दै शाखा आवद्ध सदस्य एवम आम ईच्छुक र स्वयेमसेवी रक्तदाताहरुलाई रक्तदानको लागि आव्हान समेत गरेको छ ।