शुक्रबार, बैशाख १४, २०८१

मन्त्रिपरिषद्को बैठक: विशिष्ट व्यक्तिको भ्रमणको क्रममा नागरिकलाई असुविधा नपुयाउन गृहलाई निर्देशन

काठमाडौँ चैत्र १३ , मन्त्रिपरिषद्को आजको बैठकले राजधानीको ट्राफिक समस्यालाई ध्यानमा राखेर विशिष्ट अतिविशिष्ट व्यक्तिको भ्रमणका क्रममा Singha_durbarनागरिकलाई असर नपर्ने गरी र सुरक्षामा पनि कुनै सम्झौता नहुने गरी सहज बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले ताप्लेजुङलगायत विभिन्न जिल्लामा भएको आगलागी सम्बन्धमा तत्काल थप राहत प्रदान गर्न र विस्थापितको बसोवासको व्यवस्था गर्न एकीकृत कार्ययोजनाको तयार गरी प्रस्ताव ल्याउन प्रम सुशील कोइरालाले गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ भने गत साउनमा आएको बाढीपहिरो र डुबानमा परी बाँके, बर्दिया, दाङ, सुर्खेत र सिन्धुपाल्चोकका प्रभावित परिवारको पुुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणसम्बन्धी एकीकृत कार्ययोजना स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।