शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपति डा.यादव चीन प्रस्थान

काठमाडौ चैत्र १२,  राष्ट्रपति डा रामवरण यादव चीन सरकारको निमन्त्रणामा उक्त मुलुकको बोआओ सहरमा चैत १२ देखि १५ गतेसम्म आयोजना हुने  एसियाका लागि बोआओ मञ्च’ को वार्षिक सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

राष्ट्रपति यादवलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीद्वय, मन्त्रिगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्च पदाधिकारी, नेपालका लागि विभिन्न मुलुकका राजदूतलगायतले बिदाइ गर्नुभएको थियो । प्रस्तुत सम्मेलनमा राष्ट्रपति डा यादवले यही चैत १४ गते बिहान सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।