शुक्रबार, बैशाख १४, २०८१

जारी गतिरोध अन्त्यका लागि सभाध्यक्ष नेम्वाङ र शीर्ष नेतावीच छलफल

काठमाडौ चैत्त ४,   संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले प्रमुख राजनीतिक दलका शीर्षनेताहरूबीच संविधान लेखनका क्रममा देखिएका समस्या र गतिरोधलाई अन्त्य thumb_1393227914_eb33c42fa7d3e03f147fd6f362eb5906गर्न भएका प्रयास एवम् प्रगतिका बारेमा छलफल थाल्नुभएको छ ।

सभाध्यक्ष नेम्वाङको अगुवाईमा सिंहदरबारमा सुरु भएको सो छलफलमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपप्रधानमन्त्री एव् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीसहितको सहभागिता रहेको छ ।