बिहिबार, चैत्र ९, २०७९

नेउवा महासङ्घका अध्यक्ष पाण्डेलाई आज अदालतमा पेश गरिने

काठमाडौ चैत्र ४ , तत्कालनि समयमा खानेपानी संस्थानको सरकारी कर्मचारी हुँदा पदको दुरूपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले दोषी ठहर गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले मङगलवार साँझ पक्राउ गरेको छ ।

अदालतबाट कैद जरिवाना सजाय सुनाइएका र फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन महानिर्देशनालयलाई बुझाउने अभियानकै क्रममा पाण्डेलाई भ्रष्टाचार मुद्दामा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि पाण्डेलाई पक्राउ गरिएको व्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिनुभएको छ । व्युरोले पाण्डेलाई आज अदालतमा बुझाइने भएको छ ।