शनिबार, बैशाख १५, २०८१

सहमति नभए आन्दोलनमा जान्छौं भनेर धम्की दिनुको कुनै औचित्य छैन : प्रधानमन्त्री कोइराला

काठमाडौ माघ २०,  प्रधानमन्त्री कोइरालाले दलहरूले व्यक्त गरेको प्रतिबद्धताअनुसार निर्धारित मिति माघ ८ मा संविधान जारी गर्न नसिकिएको स्विकार गर्दै प्रक्रियामा  गएर भएपनि संविधान निर्माणको कार्य अघि बढेकाले अव संविधान  जारीहुँने पक्ष आफैमा निराशजनक नभएको अभिव्यक्ति दिनु भएको छ । रिपोर्टर्स क्लब नेपालले आज प्रधानमन्त्री निवास बालुवाटारमा संविधान निर्माणका बारेमा बझाएको ज्ञापनपत्र बुझदै प्रधानमन्त्री कोइरालाले सहमतिको लागि भन्दै विपक्षी दलहरूले संविधानसभाले निर्माण गरेको प्रस्ताव समिति खारेज गर्न माग गर्दै गरेको पक्षप्रति इङगीत गर्दै उहाँले जनताको सार्वभौम अधिकार सम्पन्न संविधानसभाले गठन गरेको समिति खारेज आफुमा अधिकार नभएको प्रष्टाँउँनु भएको छ ।

साथै प्रम काईरालाले संविधानसभाले प्रश्नावली प्रस्ताव निर्माण समितिको गठन गर्दै संविधान निर्माणको कार्यारम्भ गरेपनि वार्ताका लागि भने अझ तयार रहेको बताउँदै एमाओवादी सहितका विपक्षीहरूलाई वार्ताको निम्ती आव्हान समेत गर्न भएको थियो ।  साथै उहाँले सहमतिका नाममा अनन्तकालसम्म मुलकलाई अन्यौलको बन्धक बनाउँन नसक्ने जिकिर गर्दै सहमति नभए आन्दोलनमा जान्छौं भनेर धम्की दिनको कुनै औचित्य नभएको र सहमतिको लागि भन्दै विपक्षी दलहरूले संविधानसभाले निर्माण गरेको प्रस्ताव समिति खारेज गर्न माग गर्दै गरेको पक्षप्रति इङगीत गर्दै उहाँले जनताको सार्वभौम अधिकार सम्पन्न संविधानसभाले गठन गरेको समिति खारेज आफुमा अधिकार नभएको प्रष्टाँउँनु भएको छ ।