शुक्रबार, बैशाख १४, २०८१

सङ्घीय प्रदेश असफल हुने प्रष्ट सङ्केत सिमरा काण्ड : अध्यक्ष केसी

भक्तपुर फागुन १२, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रफत सञ्चार क्लबद्वारा आज भक्तपुरमा आयोजित साक्षत्कारमा बोल्दै जिल्लाका केही कार्यालय chitra-bahadur-kcसार्न नसकिने अवस्थामा जिल्ला टुक्राएर प्रदेशमा विभाजन गरि सङ्घीयता कायम गर्छु भनेर कनै पनि हालतमा शोच्न सक्ने स्थिती नरहेको दावी प्रस्तुत गर्नुभएको छ ।

मुलुकको भूवनौटलाई नजर अन्दाज गर्दै अन्तरिम संविधानमा ठूला दलहरूले सङ्घीयता उल्लेख गरेको आरोप लगाउँदै अहिले त्यहि सङ्घीयताको एजेन्दाका कारण मुलुकमा निर्धरित मितिमा संविधान जानरीहुन नसकेको र संविधान निर्माणको प्रमुख बाधक सङ्घीयताको विषय नै भएको बताउँदै बाराको सिमरा काण्डले नेपालमा सङ्घीय प्रदेश असफल हुने प्रष्ट सङ्केत गरेको पक्षलाई नजर अन्दाज गर्ननहुँनेमा जोड दिनुभएको छ ।